राहतको पर्खाइमा झापाका हात्तीपीडित
बनियानी । झापामा जङ्गली हात्तीको आक्रमणबाट जनधनको क्षति बेहोरेका हात्तीपीडित राहतको पर्खाइमा छन् । चालु आर्थिक वर्ष २०८०–८१ को साउनयता जिल्लाका विभिन्न स्थान र समयमा हात्तीको आक्रमणमा परी जनधनको क्षति बेहोरेका तीन सय २१ परिवार सरकारी राहतको पर्खाइमा छन् ।
चालु आवको गत कात्तिक २ गतेसम्म तीन सय २१ हात्तीपीडित परिवारलाई रु ५८ लाख २८ हजार नौ सय ४० राहत रकम माग गरी मन्त्रालयमा पठाइएको डिभिजन वन कार्यालयका झापाका वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए ।
उनका अनुसार राहत माग गरिएकामा एक जना मृतकको रु १० लाख, तीन जना घाइतेका लागि रु पाँच लाख ८० हजार नौ सय ४०, चौपाया एक बराबर रु १० हजार, विभिन्न घरगोठमा पुर्याएको क्षतिको पूर्तिका लागि रु १४ लाख ८२ हजार पाँच सय, भण्डारण गरिएको अन्न क्षति बराबर रु छ लाख ३९ हजार छ सय र बालीनालीमा हात्तीले गरेको क्षति बराबर रु २१ लाख १५ हजार नौ सय रहेको छ ।
कात्तिक २ गतेयता हात्तीको आक्रमणबाट मृत्यु भएका चारसहित एक सय ९४ परिवारलाई राहत माग गर्न विवरण सङ्कलन भई प्रक्रियामा रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । मृतक चार जनाको रु ४० लाख, घाइते तीन जनाका लागि रु दुई लाख ७० हजार नौ सय ५२, घरगोठका क्षति पुगेकाका लागि रु पाँच लाख ६४ हजार पाँच सय, भण्डारण गरिएको अन्न रु दुई लाख ५२ हजार सात सय र बालीनाली रु १३ लाख ८७ हजार नौ सय गरी रु ६४ लाख ७६ हजार ५२ राहत मागका लागि तयार गरिएको वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए ।
हात्तीपीडितका लागि माग गरिएको राहत रकम आउन ढिलो हुँदा समस्या भएको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण