सरकारको कमजोरीले मुलुकलाई आन्तरिक ऋणमा भार पर्यो: अर्थविद्हरू
काठमाडौँ । सरकारको कमजोरीले मुलुकलाई आन्तरिक ऋणमा भार परेको अर्थविद्हरूले बताएका छन् । शुक्रवार नेपाल व्यवस्थापन संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अर्थविद्हरूले यस्तो बताएका हुन् ।
उनीहरूले सरकारले आन्तरिक ऋण लिँदा मुलुकभित्रै बस्ने र विदेशी ऋण लिँदा सावाँ ब्याज डलरमा भुक्तानी गर्नुपर्ने अवस्थाले समस्या भइरहेको बताए । अर्थविद्हरूले सरकारले सहजताको लागि आन्तरिक ऋण लिने गरेको बताए । उनीहरूले सरकारले विदेशी लगानी मुलुकमा भित्र्याउन नसक्दा आन्तरिक ऋण लिएर ठुला आयोजनाहरूमा परिचालन गर्नुपरेको अवस्था रहेको बताए । सरकारले वैदेशिक लगानी धेरै ल्याउनसके आन्तरिक ऋण कम हुने दाबी उनीहरूको छ ।
उनीहरूले अहिले अर्थमन्त्रीलाई राजश्वको दायरा नबढाउन, करका दर हेरफेर नगर्ने तर सांसदहरुले भनेका आयोजनाहरु समावेश गरेर बजेटको आकार ठुलो ल्याउन दबाब आउने भन्दै अर्थमन्त्रीले त्यो गर्न सम्भव नभएको बताए । अर्थविद् केशव आचार्यले सरकारको कतिपय कमजोरीको कारण नै आन्तरिक ऋणको दबाब रहेको बताए । उनले विदेशी ऋण लिँदा सरकारले बनाएका योजनाहरूको लेखापरीक्षणपछि सोधभर्ना बापतको रकम फिर्ता आउने भए पनि लिन नसकेको बताए । उनले अहिले पनि त्यस्तो ५० अर्ब रुपैयाँ बराबरको शोधभर्ना लिन बाँकी भए पनि सरकारले लिन नसकेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले वैदेशिक लगानी ल्याउन नसक्दा आन्तरिक ऋण लिएर मुलुकको आवश्यकता पूरा गर्नुपर्ने अवस्था रहेको बताए । उनले ठुला परियोजनाहरूमा विदेशी लगानी ल्याउन नसक्दा सरकारले आन्तरिक ऋण लिएर ठुला आयोजनाहरूमा लगानी गर्दा आन्तरिक ऋण बढिरहेको बताए ।
उनले राजश्व संकलनको ३० प्रतिशत राजश्व डेट सर्भिसिङमा जाने बताए । उनले अहिलेको बजेटमा अर्थमन्त्रीलाई राजश्वमा करका दरहरू नबढाउन,धेरै मान्छेलाई करको दायरामा नल्याउन, विदेशी र आन्तरिक ऋण नलिन तर बजेटमा संसदहरुले भनेका सबै अंकहरु राखेर बजेट ठुलो बनाउन दबाब भए पनि त्यो सम्भव नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण