सहायक हवल्दारको मृत्यु भएको घटना छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति
काठमाडौँ । प्रहरी प्रभाग बलम्बुमा कार्यरत सहायक हवल्दारको प्रहरीको भ्यानबाट खसेर मृत्यु भएको घटनामा छानबिन थालिएको छ । सहायक हवल्दार हेमराज एलजीको शंकास्पद मृत्युबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालयले समिति गठन गरेको हो ।
प्रहरी वरिष्ठ उपरिक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले रातोपाटीलाई बताए । समितिमा उपत्यका प्रहरी कार्यालयका एसपी मिलन केसी र जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारी सदस्य छन् ।
काठमाडौैँको चन्द्र्रागिरी नगरपालिका–११ स्थित सिप्रदी बल्खु पुलमा गएराति प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु भएको थियो । राति सवा ११ बजेमा प्रहरीको बा.१ झ ७४१८ नम्बरको भ्यानको पछाडीको भागबाट उनी सडकमा खसेका हुन् ।
मृतक सहायक हवल्दार सुर्खेत गुर्भाकोट नगरपालिका–१२ सुवाकोटका स्थानीय हुन् । चेकिङ ड्युटी सकेर फर्किने क्रममा डेरा नजिकै ओर्लिन खोज्दा गाडीबाट खसेर उनको टाउकोमा चोट लागेको छ । भ्यानको चालक सहायक हवल्दार रामप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण