शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

ड्युटी सकेर डेरा फर्किन लाग्दा प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु

भ्यान चालक पक्राउ
शुक्रबार, २६ माघ २०८०, १५ : ५५
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । काठमाडौँको चन्द्र्रागिरी नगरपालिका–११ स्थित सिप्रदी बल्खु पुलमा प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी प्रभाग बलम्बुमा कार्यरत सहायक हवल्दार हेमराज एलजीको उपचारको क्रममा सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको हो । बिहीबार राति सवा ११ बजे प्रहरीको बा.१ झ ७४१८ नम्बरको भ्यानबाट उनी सड्कमा खसेका हुन् ।

भ्यानको पछाडी बसेका हेमराज ओर्लने क्रममा लडेर टाउकोमा चोट लागेको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले रातोपाटीलाई बताए । एआईजी थापाले भने–‘घटनाबारे छानबिन हुँदैछ ।’ सतुंगल नजिकैको डेरामा जाने बेलामा ओर्लने क्रममा उनी भ्यानबाट खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । हेमराज भ्यानको पछाडीको भागमा सवार थिए ।

प्रहरीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ । भ्यानको चालक सहायक हवल्दार रामप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । स्रोतकाअनुसार बलम्बुका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ र सवारी चालकका बिचमा केही दिनदेखि विवाद भइरहेको थियो । मृतक सहायक हवल्दार सुर्खेत गुर्भाकोट नगरपालिका–१२ सुवाकोटका स्थानीय हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप