अर्ती
‘यो रकम हजुरको छोराको पढाइका लागि हो ।’ हेडसर भन्दै थिए । ‘यो छात्रवृत्तिको पैसाले छोरालाई कापी, कलम, किताब, झोला के के चाहिन्छ त्यही किन्दिनु होला है ? ल सही गर्नुस् त !’
‘हस् सर !’ यति भनेर उनले छोरालाई पनि बोलाएर भने, ‘ल छोरा आइज तँ पनि ! हेडसरले भनेको ठाउँमा तँ पनि सही गर् ।’ सही गराइसकेपछि उनले छोरालाई तुरुन्तै कक्षामा पढ्न पठाए ।
बेलुकी घर पुगेर उनले पत्नीलाई मासुको पोको थमाए, ‘ला बुढी आज मुख फेर्नुपर्यो । यो गिरिराजको भुटुवा तयार भएपछि मलाई दुई तीन पिस चखा है ?’ छोरालाई पनि बोलाएर एउटा बिस्कुट र कापी दिँदै भने, ‘ल राम्ररी पढ्नू, जे पायो त्यही नगर्नू, राम्ररी पढ्नू !’
उनको अर्डरबमोजिम पत्नीले मासुको परिकार टक्र्याइन् । छोरो पढाइमा व्यस्त थियो । पत्नी भान्सामा व्यस्त भइन् । उनी आफैँ भान्छामा गएर गिलास लिएर आए, लुकाएर ल्याएको मदिराको बोतल खोले र एकछिनपछि छोरालाई बोलाएर नशाको तालमा बर्बराउन थाले, ‘हेडसरले राम्ररी पढ्नू भनेका छन् । जहाँ पायो त्यहीँ नजानू, जे पायो त्यही नखानू ! कुरा राम्ररी बुझिस् नि ?’
भोर्लेटार, लमजुङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण