नेपाल र चिनियाँ युवा टोलीबिच मैत्रीपूर्ण खेल आज
काठमाडौँ । नेपालको युवा फुटबल टोली र नेपाल भ्रमणमा आएको चीनको चिङ्घाई फुटबल क्लबको युवा टोलीबिच शनिबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल हुँदै छ । खेल नेपाली समय अनुसार, दिउँसो ३ः०० बजे सुरु हुनेछ ।
प्रतियोगिता चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुन लागेको हो । प्रतियोगिताको आयोजकमा नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद्(राखेप) र नेपाल पर्यटन बोर्ड रहेका छन् । प्रतियोगिताको सह–आयोजकमा भने एन्फा र नेपाल ओभरसिज चिनियाँ सङ्घ रहेका छन् ।
मैत्रीपूर्ण खेलअघि आयोजना गरिने उद्घाटन समारोह पनि विशेष हुने बताइएको छ । पहिलो हाफको खेल सकिएपछि पनि चिनियाँ कलाकारले स्थानीय संस्कृति झल्कने विशेष प्रस्तुति दिनेछन् । मैत्रीपूर्ण खेलमा सहभागी हुन चिनियाँ टोली बुधबार काठमाडौँ आएको हो ।
उक्त खेलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लेसाधारणतर्फ तीन सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ टिकट दर निर्धारण गरेको छ । प्रतियोगिताको पूर्व सन्ध्यामा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफूहरू खेलका लागि तयार रहेको बताएका थिए ।
नेपाली टोलीका प्रमुख प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले मैत्रीपूर्ण खेल युवा खेलाडीका लागि क्षमता देखाउने गतिलो अवसर रहेको बताएका थिए । प्रशिक्षक एनेसले मैत्रीपूर्ण खेलका लागि आफूहरूले पोखरामा आठ दिन प्रशिक्षण गरेको बताएका थिए ।
चिनियाँ क्लबविरुद्धको मैत्रीपूर्ण खेलमा कप्तानको जिम्मेवारी पाएका मनिष डांगीले पनि आफूहरूले मैत्रीपूर्ण खेलका लागि आठ दिनको प्रशिक्षण गरेको बताएका थिए । उनले टोलीमा युवासँगै अनुभवी खेलाडीको पनि उपस्थिति रहेकाले मैत्रीपूर्ण खेलमा गतिलो प्रदर्शन गर्ने दाबी गरेका थिए ।
यसैगरी चिनियाँ क्लबका प्रशिक्षक बादेङ चेङ लिनले आफ्ना खेलाडी पहिलो पटक ठुलो प्रतियोगिताको अनुभव बटुल्न नेपाल आएको बताएका थिए । चिनिया टोलीका पदाधिकारी दो जी दाङ झुले नेपाल र चीनबिच खेलकुदको माध्यमले नयाँ सम्बध गाँस्न पाएकोमा खुसी लागेको बताएका थिए ।
उनले नेपाली फुटबल टोलीको प्रदर्शन निकै स्तरीय भएको आफूले जानकारी पाएको पनि बताएका थिए । ‘नेपाली फुटबलको विषयमा हामीले धेरै कुरा सुनेका छौँ । नेपाली फुटबल टोलीको प्रदर्शन निकै स्तरीय छ । हाम्रा खेलाडीले पनि नयाँ अनुभव बटुल्ने अवसर पाउने छन्,’ उनको कथन थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण