आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रको संरचनामा परिवर्तन गर्न आवश्यक छ : पूर्वसभामुख सापकोटा

शनिबार, २७ माघ २०८०, ११ : ५३
शनिबार, २७ माघ २०८०

काठमाडौँ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आर्थिक क्षेत्रमा र्याडिकल रिफर्म (अर्थतन्त्रको संरचनामा परिवर्तन) गर्नुपर्ने बताएका छन् । शनिवार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले परम्परागत बजेट, योजना निर्माणका ढाँचाहरुमा परिवर्तन गरेर र्याडिकल रिफर्मको आवश्यकता रहेको बताए । 

‘हाम्रो सम्माननीय प्रधानमन्त्रीज्युले आर्थिक क्षेत्रमा एउटा र्याडिकल रिफर्म गर्ने भन्नुभएको छ । त्यस अर्थमा पनि यो धेरै नै महत्वपूर्ण छ’ उनले भने,  ‘परम्परागत सबै बजेट, योजना निर्माणका ढाँचाहरु र सबै परिवर्तन गरेर एउटा र्याडिकल रिफर्म, एउटा निरन्तरतामा क्रमभंग गर्ने उहाँको जुन सोच छ, त्यो सोचलाई यो कार्यक्रमले मद्दत पुरयाउँछ ।’ 

उनले चीनबाट गरिबी निवारण र आर्थिक विकासबारे धेरै कुरा सिक्न आवश्यक रहेको बताए । चीनसँग प्रविधिका बारेमा पनि धेरै कुराहरु सिक्नुपर्ने उनले बताए । उनले सरकारले तातोपानी, केरुङ लगायतका नाकाहरु सुचारु गर्नका लागि आवश्यक काम गरिरहेका समेत बताए ।

सापकोटाले भने, ‘चीन हाम्रो छिमेकी राष्ट्र जहाँ गरिबी निवारण र आर्थिक विकासमा चमत्कार गरिरहेको छ, त्यसअर्थमा पनि हामीले त्यहाँको प्रविधि सिक्ने हिसावले, आर्थिक विकासबाट सिक्ने हिसावले पनि यो धेरै महत्वपूर्ण छ । हामीले नाकाहरु सुचारु गर्न, तातोपानी, केरुङ लगायतका नाकाहरु सुचारु गर्नका लागि धेरै मिहेनत गरेका छौं ।’

पूर्वसभामुख सापकोटाले कुटनीतिक कौशलबाट सीमा सम्बन्धिका सबै समस्या समाधान गर्न सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप