सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट

सिनियर टोलीबाट  सूर्य तामाङले लिए पहिलो  विकेट

शनिबार, २७ माघ २०८०, १२ : ०८
शनिबार, २७ माघ २०८०

काठमाडौँ । सूर्य तामाङले सिनियर टोलीबाट पहिलो विकेट लिएका छन् । उनले कीर्तिपुरमा जारी क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा विकेट लिएका हुन् ।

उनले आफ्नो पहिलो विकेटका रुपमा क्यानडाका हर्ष ठाकेरलाई पेभेलियन फर्काएका हुन् । उनले हर्षलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराए । पेभेलियन फर्किनुअघि हर्षले ६ रन बनाएका थिए । 

३४.५ ओभरमा हर्ष आउट हुँदा क्यानडाले पाँच विकेट गुमाएर एक सय ९३ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप