एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट
अनिल शाहले तोडे आसिफ शेखको कीर्तिमान
शनिबार, २७ माघ २०८०, १४ : ३५
काठमाडौँ । नेपालका ओपनर ब्याट्सम्यान अनिल शाहले कीर्तिपुर मैदानमा जारी क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाएका छन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने खेलाडी बनेका छन् ।
क्यानडाविरुद्ध शनिबार खेलिएको दोस्रो खेलमा अनिलले केवल २० बलमा ५० रन बनाएका हुन् । उनी अर्धशतक बनाउँदै आउट भएका थिए । पेभेलियन फर्किनुअघि अनिलले केवल तीन छक्का र सात चौका पनि प्रहार गरेका थिए ।
अनिलले आसिफ शेखको कीर्तिमान तोडेका हुन् । आसिफ शेखले सन् २०२३ को मार्च १३ तारिखमा कीर्तिपुर मैदानमै खेलिएको आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको पपुवा न्यू गिनीविरुद्धको खेलमा २१ बलमा अर्धशतक बनाएका थिए । अनिलले भने २० बलमै अर्धशतक पुरा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण