जातीय छुवाछुतको अन्त्य गर्नु हामी सबैको दायित्व : प्रदेश प्रमुख परियार
कर्णाली । कर्णाली प्रदेश प्रमुख तिलक परियारले तामाङ समुदायको महत्त्वपूर्ण पर्व सोनाम ल्होछारका अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले सोनाम ल्होछार (नयाँ वर्ष) का अवसरमा कर्णालीवासीलगायत स्वदेश तथा विदेशमा रहेका सबै नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र दीर्घायुको शुभकामना व्यक्त गरेका हुन् ।
सन्देशमार्फत उनले भनेका छन्, “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता बोकेको राष्ट्र हो । हामीसँग विविधताबीचको एकता, सामाजिक, सहिष्णुता, सद्भाव र सांस्कृतिक ऐक्यबद्धता छ । यसको संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गर्नु हामी सबैको दायित्व हो ।”
प्रदेश प्रमुख परियारले सोनाम ल्होछार आर्थिक समानता, समृद्धि र सामाजिक रुपान्तरण गर्न, समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माणमा सहयोग पुर्याउन एवं मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण