इमरान खानको पार्टीले सुरु गर्यो आन्दोलनको तयारी, भन्यो- जनादेश लुटिँदैछ
इस्लामाबाद । पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) ले चुनाव जितेको दाबी गर्दै देशका धेरै भागमा विरोध प्रदर्शनको घोषणा गरेको छ। पार्टीले चुनावमा पाएको जनादेश लुट्ने प्रयास भइरहेको आरोप लगाएको छ । पार्टीले लाहोर, फैसलाबाद, रावलपिंडी, मुल्तान, बहावलपुर, डेरा गाजी खान र गुजरनवालामा कार्यकर्ताहरूलाई प्रदर्शन गर्न आग्रह गरेको छ।
अहिलेसम्मको नतिजामा पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी सिट जितेका छन् । पीटीआईले एक सन्देशमा दिउँसो २ बजे लाहोरको लिबर्टी चोकमा शान्तिपूर्ण प्रदर्शनको तयारी गर्न भनेको छ। पीटीआईले ट्वीटरमा जनादेश खोस्ने प्रयासको विरोधमा दक्षिणी पञ्जाबमा शान्तिपूर्ण प्रदर्शनहरू गरिने बताएको छ।

मतदान सकिएको तेस्रो दिन भए पनि राष्ट्रिय सभाका सात सिटको मत परिणाम आउन बाँकी छ । यी सबै सिट बलुचिस्तानका हुन् ।
यसअघि शनिबार पीटीआईका अध्यक्ष गौहर अली खानले आफ्नो पार्टीका कार्यकर्ताहरूले शनिबार रातिसम्म नतिजा घोषणा नहुने सिटहरूमा मतगणना केन्द्रबाहिर विरोध प्रदर्शन गर्ने बताएका थिए।
हालसम्मको नतिजामा खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी ९३ सिट जितेका छन् । पूर्वप्रधानमन्त्री नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग (पीएमएल–एन) दोस्रो स्थानमा छ । यसले अहिलेसम्म ७४ सिट प्राप्त गरेको छ । तेस्रो स्थानमा बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी छ, जसले ५४ सिट ल्याएको छ । अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले ३७ सिट जितेका छन् ।

यसैबिच, पीटीआई अध्यक्ष खानले आफ्नो पार्टीसँग बहुमत रहेको र देशका सबै संस्थाले आफ्नो पार्टीको जित स्वीकार गर्नुपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण