युभेन्ट्ससँग सात अंकको अग्रता लियो इन्टरले, रोमालाई ४–२ गोलले हरायो
काठमाडौँ । इटालियन सिरिए फुटबलको आफ्नो पछिल्लो खेलमा इन्टर मिलानले जित हात पारेको छ । इन्टर मिलानले शनिबार राति खेलिएको खेलमा एएस रोमालाई ४–२ गोलले हराएको हो ।
जितसँगै इन्टर मिलानले आफ्नो निकटतम प्रतिद्वन्द्वी युभेन्ट्ससँग सात अंकको स्पष्ट अग्रता हासिल गरेको छ । रोमाको घरेलु मैदानमा खेलिएको खेलमा सुरुआती अग्रता इन्टर मिलानले लिएको थियो ।
इन्टर मिलानका लागि खेल सुरु भएको १७औँ मिनेटमै फ्रान्सिस्को एसर्बीले पहिलो गोल गरेका थिए । खेलको २८औँ मिनेटमा रोमाका जियानलुका मान्सिनीले जवाफी गोल गरेका थिए ।
निर्धारित समयको ४४औँ मिनेटमा स्टिफन एल सारावीले गोल गरेपछि पहिलो हाफमा रोमा २–१ ले अगाडि बढेको थियो । खेलको ४९औँ मिनेटमा इन्टरका लागि मार्कुस थुरमले दोस्रो गोल गरेका थिए ।
खेल प्रतिस्पर्धात्मक रुपमा चलिरहँदा ५६औँ मिनेटमा रोमाका एन्जेलिनो बाट आत्मघाती गोल हुन पुगेको थियो । त्यही आत्मघाती गोल नै रोमाका लागि दुर्भाग्य बन्न पुग्यो ।
दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा इन्टर मिलानका लागि एलेज्यान्ड्रो बास्टोनीले चौथो गोल थपेका थिए । जारी सिजनको सिरिएमा सबै टोलीले कम्तिमा २३–२३ खेल खेलिसकेका छन् ।
२३ खेल खेलेको इन्टर मिलान ६० अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । समान खेल खेलेको युभेन्ट्सको ५३ अंक छ । २४ खेल सकेको रोमा भने ३८ अंकसहित पाँचौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण