माओवादी केन्द्रीय समिति बैठक सुरु, अभियानमाथि समीक्षा हुने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा सुरु भएको बैठक सोमबारसम्म चल्ने छ । बैठकमा चार महिने विशेष रूपान्तरण अभियान सम्बन्धमा समीक्षा हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् ।
सापकोटाका अनुसार आजको बैठकमा प्रदेश इन्चार्जले अभियानको समीक्षात्मक रिपोर्ट पेस गर्ने कार्यतालिका रहेको छ । यस्तै अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र पार्टीको स्थिति, समसामयिक राजनीति र अन्तर्राष्ट्रिय परिस्थितिबारे बैठकलाई ब्रिफिङ गर्नेछन् ।
‘बैठकको एक मात्र एजेन्डा अभियानको समीक्षा गर्ने रहेको छ । अध्यक्षले समग्र पार्टीको अवस्था, समसामयिक राजनीति र अन्तर्राष्ट्रिय परिस्थितिबारे ब्रिफिङ गर्नुहुनेछ । प्रदेश इन्चार्जहरूले अभियानको समीक्षात्मक रिपोर्टिङ गर्नुहुनेछ’, उनले भने ।
कार्यसम्पादनका आधारमा नेताहरूको कार्य विभाजन हुने हुँदा यो बैठकलाई महत्त्वपूर्ण मानिएको छ । अध्यक्ष प्रचण्डले अभियानमा सहभागी नभएका र कार्यसम्पादनमा कमजोर देखिएका नेताहरूलाई कारबाही गर्ने बताइसकेका छन् । भदौ १६ देखि पुस १६ सम्म माओवादीले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सञ्चालन गरेको थियो ।
केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले समीक्षात्मक रिपोर्टमाथि समूहगत छलफल नहुने जानकारी दिए । टिप्पणी गर्न चाहनेका लागि नाम टिपाएर बहस गर्न समय उपलब्ध गराउन सकिने उनले बताए ।
केन्द्रीय समिति बैठक लगत्तै माओवादीले फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा विधान अधिवेशन बोलाएको छ । शनिवार सकिएको स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डले मस्यौदा समायोजन गरी पदाधिकारी बैठकले अन्तिम रूप दिने म्यान्डेट दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण