नेतन्याहूद्वारा रफाह आक्रमणअघि प्यालेस्टिनीहरूलाई ‘सुरक्षित मार्ग’ दिने प्रतिबद्धता
गाजा पट्टी । गाजाको दक्षिणी शहर रफाहमा इजरायली आक्रमण पूर्व इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विस्थापित प्यालेष्टिनी नागरिकहरूलाई ‘सुरक्षित मार्ग’ दिइने बताएका छन् । नेतन्याहूले आइतबार प्रसारित एक अन्तर्वार्तामा हमासविरुद्ध इजरायलको सैन्य अभियानलाई रफाहसम्म विस्तार गर्ने बताएका हुन् ।
गाजापट्टीको २४ लाख जनसङ्ख्यामध्ये आधाभन्दा बढी जनसङ्ख्या भएको ठाउँमा नरसंहार हुनसक्ने अन्तर्राष्ट्रिय चेतावनीका बाबजुद नेतन्याहूले एबीसी न्यूजसँग भने, “हामी हमासविरूद्धको अभियानलाई रफाहमा विस्तार गर्न गइरहेका छौँ ।”
उनले भने, “हामी प्यालेष्टिनी नागरिकको लागि सुरक्षित मार्ग प्रदान गर्दै कारबाही अगाडि बढ्नेछौँ ताकि उनीहरू सुरक्षित अन्यत्र जान सकुन् ।”
यद्यपि, इजिप्टसँगको सिमानामा थुनिएका र अस्थायी टेन्टमा आश्रय लिएका ठुलो सङ्ख्याका मानिसहरू कहाँ जान सक्छन् भन्ने कुरा स्पष्ट हुन सकेको छैन । नेतान्याहूले ‘विस्तृत योजनामा काम गरिरहेको’ बताए ।
सैनिकहरूले अझै प्रवेश नगरेको तर दैनिकजस्तो नै हवाई आक्रमण भइरहेको गाजाको रफाह क्षेत्रमा हमासविरूद्धको कारबाहीका लागि इजरायली सेना प्रवेश गर्न लागेको हो ।
प्यालेस्टिनी मोहम्मद सैदामले शनिवार इजरायली आक्रमणबाट प्रहरीको एउटा गाडी ध्वस्त भएपछि भने, “विस्थापित गाजाबासीहरूले रफाह सुरक्षित छ भनेका थिए तर त्यो सुरक्षित छैन । सबै ठाउँलाई निशाना बनाइएको छ ।”
रफाहबाट हमासको ‘बटालियन’ खाली नगरी हमासमाथि ‘विजय’ हासिल गर्न नसकिने दाबी गर्ने इजरायली प्रधानमन्त्रीले शुक्रवार आफ्नो सेनालाई कारबाहीको तयारी गर्न निर्देशन दिएका थिए ।
उनको यो घोषणा विश्वका नेता र सहायता समूहहरूबाट चिन्ताको विषय बनेको भन्दै आलोचना भइरहेको छ । “गाजाका मानिसहरू हावामा हराउन सक्दैनन्”, जर्मन विदेशमन्त्री एनालेना बेयरबोकले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “रफाहमाथि इजरायली आक्रमण ‘मानवीय विपत्ति’ हुनेछ ।
साउदी अरबको विदेश मन्त्रालयले शनिवार रफाहमाथि आक्रमणको ‘गम्भीर परिणाम’ आउने चेतावनी दिँदै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को तत्काल बैठक बोलाउन आह्वान गरेको छ भने बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले सम्भावित आक्रमणप्रति आफू ‘गम्भीर रूपमा चिन्तित’ बनेको बताएका छन् ।
उनले लेखेका छन्, “सहायता प्राप्त गर्न र बन्धक बनाइएकाहरूलाई बाहिर निकाल्नका लागि लडाईंमा तत्काल विराम लगाउनु प्राथमिकता हुनुपर्दछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण