महिन्द्राले विमान निर्माणमा हाल्यो हात
नयाँ दिल्ली । भारतीय अटो निर्माता कम्पनी महिन्द्राले विमान निर्माणमा हात हालेको छ । कम्पनीले भारतीय सेनाका लागि परिवहन विमान बनाउन लागेको हो ।
यसका लागि महिन्द्राले ब्राजिलको विमान निर्माता कम्पनी कम्पनी एम्ब्रेएरसँग सम्झौता गरेको छ । मध्यम खालको परिवहन विमान खरिदसम्बन्धी परियोजना अन्तर्गत भारत सरकारको लक्ष्य अन्तर्गत यो सम्झौता भएको हो ।
एम्ब्रेएरले विमान निर्माणसम्बन्धी साझेदारीका लागि महिन्द्रा र टाटासँग छलफल गरिरहेको भन्दै मिन्टले जुनमै समाचार छापेको थियो । शुक्रबार महिन्द्रा र एम्ब्रेएरबीच यससम्बन्धी सम्झौता भएको छ । सम्झौतामा महिन्द्राको रक्षा उपकरण बनाउने कम्पनी महिन्द्रा डिफेन्स सिष्टम र एम्ब्रेएर डिफेन्स एन्ड सेक्युरिटिजले हस्ताक्षर गरेका थिए ।
भारतीय हवाई बलले १८ देखि ३० टनको सामान बोक्न सक्ने विमान किन्न खोजिरहेको थियो । यो विमानको नाम सी–९० मिलेनियम एयरक्राफ्ट हुनेछ । यो विमान बनाउने कारखाना भारतमै बन्नेछ । यस मल्टि मिशन विमानको प्रयोग भारतीय वायु सेनाले गर्नेछन् । विदेशमा पनि यो विमानको निर्यात गरिनेछ । यसबाट भारतको रक्षा विमान उद्योगले पनि प्रोत्साहन पाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण