म्याक्सवेलले बराबरी गरे रोहितको कीर्तिमान
आइतबार, २८ माघ २०८०, १६ : ०३
एडिलेड । अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा करियरको पाँचौँ शतक हिर्काएका छन् । योसँगै उनले भारतका रोहित शर्माको सर्वाधिक शतकको कीर्तिमान बराबरी गरेका छन् ।
म्याक्सवेलले विस्फोटक इनिङ्स खेल्दै ५५ बलमा १२० रन बनाए । यस क्रममा उनले १२ चौका र ८ छक्का हिर्काए । उनको शतकको मद्दतले अस्ट्रेलियाले निर्धारित २० ओभरमा २ सय ४१ रन बनायो ।
३५ वर्षीय खेलाडीले १०२ टी–२० अन्तर्राष्ट्रिय खेलमा अस्ट्रेलियाका लागि ३०.८३ को औसतले २ हजार ४०५ रन बनाएका छन् । उनले यस क्रममा १० अर्धशतक पनि बनाएका छन् ।
रोहित शर्माले १ सय ५१ खेलमा ३१.७९ को औसतले ५ शतकका साथै २९ अर्धशतक हिर्काएका छन् । सूर्यकुमार यादव ४ शतकसहित दोस्रो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण