आलमको मुद्दामा पन्छिए न्यायाधीश, यसअघि नै मागिएको थियो बहस नोट

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहमद अफताब आलमको मुद्दामा न्यायाधीश मातृकाप्रसाद आचार्य पन्छिएका छन् । यसअघि नै बहस नोट मागिएको मुद्दामा न्यायाधीश आचार्यले आइतबार प्रमाण बुझ्ने आदेश गरेर पन्छिएका हुन् ।
रौतहट जिल्ला अदालतका श्रेष्तेदार उद्धव ढोडारीका अनुसार आइतबार न्यायाधीश आचार्यले गौरीशंकर रामको स्वास्थ्य परीक्षणबारे फरेन्सिक विभागसँग बुझ्ने र सरकारी साक्षी तथा गवाह बुझ्ने गरी आदेश भएको हो । साक्षी बुझ्ने आदेश भएसँगै आलमको मुद्दा फेरि धकेलिएको छ ।
तर मुद्दाको अंग पुगिसकेको भन्दै यसअघि नै न्यायाधीश बाबुकाजी बानियाले दुवैपक्षका कानुन व्यवसायीसँग बहस नोट माग गरेका थिए । कात्तिक २२ गते माग गरिएको बहस नोट मंसिर २४ गतेभित्र दुवै पक्षले बुझाइ अन्तिम सुनुवाइका लागि तयारी गरेका थिए ।
सर्वोच्च अदालतको स्पष्ट निर्देशनपछि आलमको पेसीका दिन सबै न्यायाधीश उपस्थित भएको भएपनि जिल्लाका मुख्य न्यायाधीश मातृकाप्रसाद आचार्यले अन्य आदेश गरेर उक्त मुद्दालाई पन्छाएका छन् । अब प्रमाण बुझेपछि मात्रै यस मुद्दाको अर्को पेसी तोकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह