म्याकटोमिनीको निर्णायक गोलमा युनाइटेडले एस्टन भिल्लालाई हरायो
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको आफ्नो पछिल्लो खेलमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ । म्यानचेस्टर युनाइटेडले आइतबार राति खेलिएको खेलमा एस्टन भिल्लामाथि २–१ गोलको रोमाञ्चक जित हासिल गरेको हो ।
एस्टन भिल्लाको घरेलु मैदानमा खेलिएको प्रतिस्पर्धात्मक खेलमा म्यानचेस्टर युनाइटेडको जितमा स्कट म्याकटोमिनी नायक बने । खेल प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहँदा निर्धारित समयको खेल सकिनुभन्दा चार मिनेटअघि स्कटले निर्णायक गोल गरेका थिए ।
जारी सिजनको लिगमा निराशाजनक प्रदर्शन गर्दै आएको म्यानचेस्टर युनाइटेड आगामी सिजनको च्याम्पियन्स लिगको दौडमा छ । खेलमा सुरुआती अग्रता पनि म्यानचेस्टर युनाइटेडले लिएको थियो । खेल सुरु भएको १७औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका लागि रासमस हजलुन्डले पहिलो गोल गरेका थिए ।
सोही गोलका कारण पहिलो हाफमा म्यानचेस्टर युनाइटेड अगाडि रह्यो । खेलको ६७औँ मिनेटमा एस्टन भिल्लाका लागि डगलस लुइजले जवाफी गोल गरेका थिए । त्यसपछि निर्धारित समयको खेल सकिनुभन्दा चार मिनेटअघि स्कटले निर्णायक गोल गरेका थिए ।
हालसम्म २४ खेल खेलेको म्यानचेस्टर युनाइटेड ४१ अङ्कसहित तालिकाको छैटौँ स्थानमा आसिन छ । समान खेल खेलेको एस्टन भिल्ला भने ४६ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । यी दुवै टोली आगामी सिजनको च्याम्पियन्स लिगको दौडमा देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण