बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षा गर्दै सरकार
काठमाडौँ । सरकारले आज चालु आर्थिक वर्षको बजेट कार्यान्वयन खर्च तथा आम्दानीको अर्धवार्षिक समीक्षा गर्ने भएको छ । अर्थमन्त्रालयले सोमबार दिउँसो ३ः३० बजे समीक्षा रिपोर्ट (प्रतिवेदन) सार्वजनिक गर्ने गरी पत्रकार सम्मलेन राखेको छ ।
साउनदेखि पुस मसान्तसम्मको सरकारी आय व्ययको खाता ४८ अर्ब ४६ करोडले घाटामा देखिएको छ । २०८० पुस मसान्तसम्म ५ खर्ब १८ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरेको सरकारले खर्च (बजेट कार्यान्वयन) तर्फ ५ खर्ब ६६ अर्ब रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
तथापि, सरकारी खर्च र आम्दानी लक्ष्यअनुरुप हुन नसक्दा अर्धवार्षिक समीक्षामार्फत दुबै लक्ष्य परिमार्जन गर्ने तयारी सरकारले गरेको छ । चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड अनुमानित बजेट ल्याएको सरकारले १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ बराबरको राजस्व संकलनको लक्ष्य राखेको छ । यो लक्ष्य पुरा हुन नसक्ने देखेपछि सरकारले राजस्वको र खर्चको दुबै लक्ष्य र सीमा पुनरावलोक गर्ने तयारी गरेको हो ।
मौद्रिक नीतिको समीक्षा पनि आजै
यता अर्थ मन्त्रालयले समग्र अर्थतन्त्रको अर्धवार्षिक समीक्षाको तयारी गर्दै गर्दा उता राष्ट्र बैंकले समेत मौद्रिक नीतिको समीक्षाको तयारी गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाका लागि नेपाल राष्ट्र बैंकले सोमबार बेलुका सञ्चालक समितिको बैठक डाकेको छ ।
सञ्चालक समितिबाट प्रस्तावित अर्धवार्षिक समीक्षा पारित भए सम्भवत आज नै मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा समेत सार्वजनिक हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण