कुशल मल्लले लिए क्यानडाको पाँचौँ विकेट
सोमबार, २९ माघ २०८०, ११ : ५२
काठमाडौँ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको सोमबार जारी तेस्रो तथा अन्तिम खेलमा नेपालले क्यानडाको पाँचौँ विकेट लिएको छ । नेपाली बलर कुशल मल्लले क्यानडाको पाँचौँ विकेट लिएका हुन् । उनले क्यानडाका पाँचौँ नम्बरका ब्याट्सम्यान हर्ष ठाकेरलाई २९ रनको ब्यक्तिगत स्कोरमा आउट गरे ।
कुशल मल्लले हर्षलाई एलबीडब्लूको धरापमा पारेका हुन् । जारी खेलमा कुशल मल्लले लिएको यो दोस्रो विकेट हो । पेभेलियन फर्किनुअघि हर्षले ५७ बलको सामना गरी दुई चौका हिर्काएका थिए । ३६.५ ओभरमा हर्ष आउट हुँदा क्यानडाले एक सय ३२ रन बनाएको छ ।
शृंखलाको तेस्रो खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निणर्य लिएको छ । यसअघि नेपाल शृंखलाको पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण