ओलम्पिकमा छनोट हुन सकेन साविक विजेता ब्राजिल, महत्वपूर्ण खेलमा अर्जेन्टिनासँग हार्यो
सोमबार, २९ माघ २०८०, १२ : ४६
काठमाडौँ । साविक विजेता ब्राजिल सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा छनोट हुन असफल भएको छ । छनोट चरणको महत्वपूर्ण खेलमा अर्जेन्टिनाले चिर प्रतिद्वन्द्वी ब्राजिललाई १–० गोलले हराएको हो ।
ब्राजिललाई हराउँदै अर्जेन्टिना भने पेरिस ओलम्पिकमा छनोट भएको छ । प्रतिस्पर्धात्मक खेलको ७७औँ मिनेटमा अर्जेन्टिनाका लागि लुसियानो गोन्डुले निर्णायक गोल गरेका थिए । ओलम्पिक खेलकुदको अघिल्लो संस्करणमा पुरुष फुटबलको उपाधि ब्राजिलले जितेको थियो ।
ब्राजिलले फाइनल खेलमा स्पेनलाई २–१ गोलले हराएको थियो । त्यसअघि सन् २०१६ मा भएको ओलम्पिक खेलकुदमा पनि पुरुष फुटबलको उपाधि ब्राजिलले नै जितेको थियो । त्यतिबेला फाइनल खेलमा ब्राजिलले जर्मनीलाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण