नेपालको २० ओभरमा १ विकेट गुमाएर १०६ रन
सोमबार, २९ माघ २०८०, १४ : ३८
काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २० ओभरको खेल सकिँदासम्म एक विकेट गुमाएर एक सय ६ रन बनाएको छ ।
नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल शाह ५८ र तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्की २८ रन बनाउँदै क्रिजमा छन् । नेपाललाई जितका लागि ३० ओभरमा एक सय २७ रन आवश्यक छ । नेपालको हालको रन रेट ५.३० रहेको छ । हालको स्थितिमा जितका लागि नेपाललाई चाहिने रन रेट ४.२३ हो ।
नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी १४ बलमा तीन चौकाको मद्दतले १३ रन बनाउँदै आउट भएका थिए । उनलाई क्यानडाका बलर डिल्लन हेलिगरले बोल्ड गरेका थिए । ४.५ ओभरमा उनी आउट हुँदा नेपालले ४५ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण