पुँजीगत खर्च बढ्ने अर्थमन्त्री महतको घोषणा, भने– अहिलेसम्म सोचेअनुरुप भएको छैन, अब रफ्तार बढ्छ
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजीगत खर्चको रफ्तार बढ्ने घोषणा गरेका छन् । सोमबार अर्थमन्त्रालयमा आयोजित बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले आगामी दिनमा पुँजीगत खर्चको रफ्तार बढ्ने उद्घोषण गरेका हुन् ।
उनले विभिन्न कानुनी झन्झटका कारणले पुँजीगत खर्च नबढेको बताउँदै सरकारले आवश्यक प्रबन्ध मिलाएकाले भावी दिनमा खर्च बढ्ने घोषणा गरेका हुन् । यस्तै, राजश्व संकलनको लक्ष्यमा समेत सुधार गर्ने ठाउँ रहेको उनले बताए । उनले पछिल्लो समय निरन्तररुपमा बढ्दो अवस्थामा रहेपनि आगामी दिनमा राजश्व संकलनमा थप सुधारको स्थानमा रहेको बताए ।
अघिल्ला आर्थिक वर्षहरुमा राजश्व संकलन ऋणात्मक अवस्थामा रहेको स्मरण गरे । उनले अब बाँकी अवधिमा राजश्व संकलनको रफ्तार झनै बढ्ने घोषणा गरेका हुन् । हाल संकलन भइरहेको राजश्वको परिणामबाट सरकार समेत सन्तुष्ट नरहेको उनको भनाई छ । अघिल्ला वर्षमा पेट्रोलियम पदार्थबाट धेरै कर उठ्ने गरेको उनले सम्झिए ।
तर, पछिल्लो समयमा विद्युतीय सवारीमा कर छुट दिँदा राजश्व प्रभावित बनेको उनको भनाई छ । ‘भन्सारमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीको आयातबाट पर्याप्त राजश्व उठ्थ्यो,’ अर्थमन्त्रीले भने, ‘अहिले विद्युतीय सवारीको आयात बढ्दो छ । हामीले यसमा छुट दिएका छौँ । यही कारण, राजश्व प्रभावित बनिरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण