वर्षाले दुबईका सडक जलमग्न, विद्यालय बन्द
आबु धाबी । सोमबार बिहान दुबई र आबुधाबीका बासिन्दाहरु उठ्दा स्थिति फरक थियो । बिजुली चम्किरहेको थियो, मेघगर्जन त्यसमाथि मुसलधारे वर्षा । झिसमिसे बिहान अघि नै आबुधाबीको सडक असिनाले ढाकिएको थियो ।

त्यहाँको मौसम विभागले बिहान ६ बजेदेखि रातिसम्मै भारी वर्षा हुन सक्ने भन्दै रेड अलर्ट जारी गरेको थियो । संयुक्त अरब इमिरेट्स (यूएई)को मन्त्रीपरिषद्ले रिमोट वर्कको घोषणा गरेको थियो भने शैक्षिक संस्था र सरकारी निकायहरुमा पनि रिमोट लर्निङको व्यवस्था गरेको थियो । सडक जलमग्न बनेको अनि चिप्लो भएको भन्दै ठाउँठाउँमा चेतावनी नै राखिएको सञ्चार माध्यमहरुमा सार्वजनिक तस्बिरहरुले देखाएका छन् ।

चिप्लो सडक र कम भिजिबिलिटीका कारण सवारी साधन चलाउनै समस्या भइरहेको थियो । निरन्तरको वर्षाका कारण सडकमा सवारी आवागमन प्रभावित हुँदा सवारी साधनहरु लामो जाममा फसेका देखिन्थे । आबुधाबीका सात ओटै इमिरेट्सका वर्षा प्रभावित क्षेत्रमा सडक मोटरचालकहरुका लागि कयौं सुरक्षा एड्भाइजरी जारी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण