मनमोहन स्मृति यू–१६ राष्ट्रिय क्रिकेट : बागमतीले कर्णाली प्रदेशलाई हरायो
काठमाडौँ । मनमोहन स्मृति यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार पोखरा रंगशालामा खेलिएको खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई चार विकेटले हराएको छ । मनमोहन स्मृति प्रतियोगिताको यो तेस्रो संस्करण हो ।
पोखरा रंगशालामा टस जिती पहिले ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेशले निर्धारित २५ मध्ये २१.५ ओभरमा अलआउट हुनुअघि एक सय तीन रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशले भने २४.१ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पूरा गर्यो ।
बागमती प्रदेशको जितमा सूर्यान्शु कोइरालाले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले अविजित ६० रन बनाए । उनले केवल ६८ बलको सामना गरी सात चौका पनि हिर्काए । रोहित शर्माले पनि टोलीको खातामा १६ रन थपे । अर्का ओपनर हिमाल बोहराले सात र दीपेश शाहले दुई रन जोडे । बुद्धिमान बिष्ट पाँच रन बनाउँदै पेभेलियन फर्किए । रोहित ठाकुर तीन रनमा अविजित रहे । बागमती प्रदेशले अतिरिक्त रुपमा पनि ११ रन पायो ।
कर्णाली प्रदेशका बलर बिपिनप्रसाद शर्माले दुई तथा दीपक खत्री, दीपक भुल र आदित्यबिक्रम शाहले एक–एक विकेट हात पारे । त्यसअघि पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशका लागि दीपक खत्रीले सर्वाधिक ४१ रन बनाएका थिए । उनले ३७ बलमा दुई छक्का र चार चौका पनि हिर्काए ।
बिपिनप्रसाद शर्माले पनि १९ रन जोडे । कर्णालीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णाली प्रदेशले अतिरिक्त रुपमा २१ रन पायो । बागमती प्रदेशका बलर रोहित ठाकुरले चार विकेट लिए । उनले पाँच ओभरमा तीन मेडन राख्दै केवल तीन रन खर्चिए ।
सोही योगदानका कारण रोहित ठाकुर म्यान अफ दी म्याच पनि घोषित भए । शिवशक्ति महतोले पनि तीन विकेट हात पारे । उनले तीन ओभरमा १३ रन खर्चिए । तपेन्द्र बिष्ट र युगान्त कार्कीले पनि एक–एक विकेट लिए ।
प्रतियोगिता फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा आयोजना हुँदै आएको छ । मनहोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजना तथा नेपाल क्रिकेट संघ (क्यान) को समन्वयमा प्रतियोगिता भएको हो ।
प्रतियोगिताको तेस्रो संस्करणमा सातवटै प्रदेशको एक–एक टोलीका अतिरिक्त आयोजकको एक टोलीले पनि सहभागिता रहेको छ । प्रतियोगिता प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको समूह ‘ए’ मा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका टोली तथा समूह ‘बी’ मा मधेश, लुम्बिनी, सुदूरपश्चिम प्रदेश र आयोजकको टोली रहेका छन् । प्रतियोगिताको उद्घाटन खेल आइतबार गण्डकी र कर्णाली प्रदेशबिच भएको थियो । उद्घाटन खेलमा गण्डकी प्रदेश विजयी भएको थियो ।
यो प्रतियोगिता क्यानको वार्षीक क्यालेन्डरमा परेको छ । प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँ नगद पुरस्कारसँगै ट्रफी, मेडल, खेल सामाग्री र प्रमाणपत्र पाउने छ । दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल, खेल सामाग्री र प्रमाणपत्र पाउने छ ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट ब्याट्सम्यान, सर्वोत्कृष्ट बलर र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई पनि खेल सामाग्रीसहित नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण