शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२९ वटा मैनबत्ती बालेर माओवादीले मनायो २९ औँ जनयुद्ध दिवस (तस्बिरहरु)
जनयुद्ध दिवस

२९ वटा मैनबत्ती बालेर माओवादीले मनायो २९ औँ जनयुद्ध दिवस (तस्बिरहरु)

मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले २९ औँ जनयुद्ध दिवस मनाएको छ । मंगलबार राजधानीको प्रज्ञा भवनमा आयोजित विधान अधिवेशन अघि माओवादीले जनयुद्ध दिवस मनाएको हो । 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले २९ वटा मैनबत्ती बालेका थिए भने जनयुद्धका मृतक र बेपत्ताहरूको सम्झनामा मौन धारण गरिएको थियो । 

२०५२ साल फागुन १ देखि माओवादीले सुरु गरेको सशस्त्र जनयुद्ध १० वर्षसम्म चलेको थियो । फागुन १ लाई माओवादीले जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । यो दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय समेत गरे पनि सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो । 

 

janaudda diwas (1)janaudda diwas (2)janaudda diwas (3)janaudda diwas (4)janaudda diwas (5)janaudda diwas (6)janaudda diwas (7)janaudda diwas (8)janaudda diwas (9)janaudda diwas (10)janaudda diwas (11)janaudda diwas (12)janaudda diwas (13)janaudda diwas (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया