नेपालमा ‘भ्यालेन्टाइन डे’, ९० प्रतिशत गुलाफ भारतबाट
काठमाडौँ । नेपालमा ‘भ्यालेन्टाइन डे’ अर्थात् ‘प्रेम दिवस’को रमझम सुरु भएको छ । विशेष गरी भोलि १४ फेब्रुअरीका दिन विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ ।
पश्चिमा देशमा मनाइँदै आएको ‘भ्यालेन्टाइन डे’ पछिल्लो समयमा नेपालमा पनि मनाउन थालिएको हो । साताव्यापी मनाइने भ्यालेन्टाइन डे युवा पुस्तामा लोकप्रिय छ ।
आफन्त होस् वा मन परेको मानिस आफ्नो नजिकै भए भेटेर रातो गुलाफ र विभिन्न उपहार दिएर शुभकामना आदानप्रदान गरिन्छ भने टाढा भए इमेल र च्याट, मोबाइलमा एसएमएस गरी पनि ‘भ्यालेन्टाइन डे’ मनाउने चलन छ ।
प्रेम व्यक्त गर्नका लागि प्रयोग गरिने सामान खरिद गर्न गिफ्ट पसलहरूमा युवायुवतीहरूको भीड देखिन्छ । काठमाडौँका हरेक रेस्टुराँदेखि पसल सजिसजाउ गरिएका छन् ।
युवा पुस्तामा ‘भ्यालेन्टाइन डे’ को लोकप्रियता बढेसँगै यो दिवस हप्ताभरि मनाउने गरिएको छ । फेब्रुअरी ७ मा ‘रोज–डे’ बाट सुरु हुन्छ । गुलाफ दिने, त्यसपछि प्रस्ताव राख्ने, त्यसपछि चकलेट दिने, टेडी दिने, वाचा गर्ने, अँगालो ‘हग’ गर्ने र आखिरमा प्रणय दिवस मनाइने गरिन्छ ।
‘भ्यालेन्टाइन डे’ मनाउँदा एक अर्कालाई सप्ताहव्यापी रूपमा नै महँगो उपहार दिने चलन बनेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ ।
एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कुल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नु परेको बताए । माग अनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षमा जस्तै यस वर्ष पनि भारतबाट गुलाफ ल्याइएको उनको भनाइ छ ।
यस वर्ष रातो गुलाफ प्रतिस्टिम ८० रुपैयाँदेखि एक सयसम्म पर्ने उनले जानकारी दिए । अध्यक्ष तामाङका कुल मागको ६० प्रतिशत काठमाडौँ उपत्यकामा र बाँकी ४० प्रतिशत गुलाफ देशका अन्य सहरमा खपत हुने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण