भारतकै सबैभन्दा मूल्यवान् कम्पनी बन्यो रिलायन्स
नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज लिमिटेड एक पटक फेरि भारतको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ । एक्सिस बैंकको निजी बैंकिङ एकाई बर्गन्डी प्राइभेट र हुरुन इन्डियाको रिपोर्टका अनुसार रिलायन्स इन्डस्ट्रिज लगातार तेस्रो वर्ष पनि भारतको सबैभन्दा मूल्यवान् कम्पनी बनेको हो ।
बर्गन्डी प्राइभेट र हुरुन इन्डिया ५०० को रिपोर्टले सार्वजनिक गरेको मूल्यवान् कम्पनीको सूचिमा सबैभन्दा माथि मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्री छ । रिपोर्टका अनुसार रिलायन्सको बजार पूँजीकरण १५६ खर्ब भारु रहेको छ । रिलायन्ससँग छुट्टिएर बनेको अम्बानीको नयाँ कम्पनी जियो फाइनान्सियल सर्भिसेज सूचीको २८ औँ स्थानमा छ ।
शीर्ष ३ मूल्यवान् कम्पनीमा रिलायन्सपछि टाटा ग्रुपको टेक कम्पनी टीसीएस दोस्रो स्थानमा छ । टीसीएसको बजार पुँजीकरण १२४ खर्ब भारु छ । एचडीएफसी बैंक ११३ खर्ब भारु बजार पुँजीकरणसहित तेस्रो स्थानमा छ । हुरुनको यो सूचLअनुसार शीर्ष १० मूल्यवान् कम्पनीका बाँकी वरियतामा आईसीआईसीआई बैंक, इन्फोसिस, भारती एयरटेल, आईटीसी, लार्सन एन्ड टुब्रो, एचसीएल टेक्नोलोजिज र कोटक महिन्द्रा रहेका छन् ।
सूचीमा समाविष्ट ५०० कम्पनीले करिब ७० लाख जनालाई रोजगारी दिइरहेको छ । कम्पनीमा औसत कर्मचारी १५ हजार २११ रहेको छ । यी कम्पनीहरूको कूल बजार पुँजीकरण २ हजार ३१० खर्ब भारु पुगेको छ । एक वर्ष अघिको तुलनामा यो ५० खर्ब भारु धेरै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण