रातोपाटीकर्मी दुलाललाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले रातोपाटीकर्मी गणेश दुलाललगायत ५ जनालाई क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाको ५५ औँ स्थापना दिवसका अवसरमा रातोपाटीकर्मी दुलालसहित ५ जनालाई पत्रकारिताका विभिन्न विधा अन्तर्गत क्रियाशील पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत गरेको हो ।
उमहानगरपालिकाले नगरवासीहरुको गुनासो तथा समस्यालाई सञ्चारमाध्यमबाट सहरी सुशासन तथा विकासमा योगदान पुर्याएको भन्दै उनीहरुलाई जनही १५ हजार रुपैयाँसहित पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेमा रातोपाटीकर्मी दुलालबाहेक अनलाइनखवरका अमृत चिमोरिया, टोलिभिजनतर्फ भावना रिजाल, पत्रिकातर्फ सुनीता विष्ट र रेडियोतर्फ निशा गुरुङ रहेका छन् ।
कार्यक्रममा विभिन्न विधामा कलाकार, तथा खेलाडी, कृषक, उद्यमी, करदाता, सामाजिक संघसंस्था र कर्मचारीहरुलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गीतकार अधिकारी 'इसा अन्तर्राष्ट्रिय अवार्ड'को टप २० मा छनौट
-
कुमा सागरले सकाए अस्ट्रेलिया टुर
-
काठमाडौँ वर्ल्ड स्कुल परीक्षा केन्द्रबाट कक्षा १२ को प्रश्न पत्र आउट भएपछि अनुसन्धान
-
‘जार’ करियरको ठुलो उपलब्धि – अभिनेता शाही
-
तीनकुने घटनामा संलग्न दिनेश महतोसहित ६ जनाले हिरासतबाटै १२ को परीक्षा दिँदै
-
लन्डनमा प्रदर्शन हुँदै ‘रंगी’