पाकिस्तानमा इमरान खानको पीटीआईले पनि गर्यो सत्तामा दाबी
इस्लामावाद । पाकिस्तानमा यतिबेला सरकार बनाउने तयारी तीव्र छ । तीन पटकका प्रधानमन्त्री नवाज शरीफको पीएमएल–एन र बिलावल भुट्टो जरदारीको पीपीपीबीच गठबन्धन सरकार गठनका लागि वार्ता भइरहेको छ ।
अहिले जेलमा रहेका पूर्वक्रिकेटर तथा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईले पनि सरकार गठनको प्रयासलाई तीव्र बनाएको छ । यसअघि पार्टीले विपक्षीमा बस्न सक्ने संकेत गरेको थियो ।
तर अहिले भने पार्टीले केन्द्र, पञ्जाब र खैबर पख्तुनख्वा राज्यमा पीटीआई सरकार बनाउन विशेष समितिहरू गठन गरेको छ । यी समितिहरुले सरकार बनाउने रणनीति तय गर्ने बताइएको छ । निर्वाचनको नतिजा आएपछि पीटीआईको कोर कमिटीको बैठक बसेको थियो । यसले सरकारी र संसदीय पदका लागि व्यक्तिको मनोनयन प्रक्रिया छिटो पूरा गर्ने सहमति गरेको छ ।
पाकिस्तानमा भएको आम निर्वाचनमा पीटीआईले समर्थन गरेका १०१ स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् भने पीटीआई सबैभन्दा ठूलो दल बनेको छ । पीटीआईले एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीलाई अनैतिक ढंगले रोक्ने कोशिश भएको अनि अनैतिक तरिकाले पार्टीमाथि दबाब दिने प्रयास गरिएको बताएको छ ।
पीटीआईका नेता राष्ट्रपतिबीच भेटघाट
पीटीआईले चुनावमा धाँधली भएको आरोप लगाएको छ । चुनावमा धाँधलीको याचिका अदालतले खारेज गरिदिएको भएपनि धाँधलीको आरोपबाट पार्टी टसको मस छैन । यही सन्दर्भमा पार्टीका नेताहरूले राष्ट्रपति आरिफ अल्वीसँग समेत भेटवार्ता गरेका थिए । एक समय १७० सिटमा पार्टीको अग्रता थियो । तर पीएमएल–एनको पक्षमा नतिजा मोडिएको पीटीआईको आरोप छ । पार्टीले नवाज शरीफको पार्टी पीएमएल–एन र बिलावल भुट्टो जरदारीको पार्टी पीपीपीसँग गठबन्धन गर्न पनि अस्वीकार गरेको छ ।
आम निर्वाचनमा पीएमएल–एनले ७५ सिट र पीपीपीले ५४ सिटमा जितेको छ । यी दुई दलले गठबन्धनमा सरकार बनाउने तायरी गरिरहेको खबर आइरहेको छ । तर यसबारे अन्तिम निर्णय भइसकेको छैन । स्थानीय सञ्चार माध्यमहरुमा छापिएका खबरका अनुसार पीपीपीका बिलावल भुट्टो जरदारी र अन्य धेरै पार्टी नेता पीएमएल–एनसँग गठबन्धन गर्ने पक्षमा छैनन् । यिनीहरुको चाहना पीपीपी पनि पीटीआईसँगै विपक्षमा बसोस् भन्ने छ । तर आसिफ अली जरदारी सत्ता बाँडफाँडको पक्षमा छन् र पीएमएल–एनका नेताहरूसँग निरन्तर कुराकानी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण