जीवित श्रीमानको मृत्यु भएको भनी भत्ता बुझ्ने महिला र मृत्युदर्ता गरिदिने वडासचिव भ्रष्टाचारमा दोषी ठहर
काठमाडौँ । श्रीमान् जीवित छँदाछँदै मृत्यु भएको भनी मृत्युदर्ता प्रमाणपत्र बनाएर भत्ता बुझ्ने महिला र मृत्युदर्ता तयार पारी भत्ता दिने वडासचिव भ्रष्टाचारमा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतले रामेछापको मन्थली ३ का तत्कालीन वडाध्यक्ष शिवकुमार महतोलाई पनि दोषी ठहर गरेको छ ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार न्यायाधीशहरु टेक नारायण कुँवर, तेजा नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले भत्ता दिने वडाध्यक्ष महतो र भत्ता लिने निर्मला खत्रीलाई दोषी ठहर गरेको हो । अदालतले वडासचिव महतो र भत्ता लिने निर्मला खत्रीलाई जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।
भएको के थियो ?
रामेछाप जिल्लाको मन्थली नगरपालिका ३, ठुलीमदौकी निर्मला खत्रीले आफ्नो श्रीमान् जीवित हुँदाहुँदै पनि श्रीमानको मृत्यु भएको प्रमाणपत्र बनाएर बिधुवा भत्ता बुझ्दै आएकी थिइन् । जिल्ला प्रशासन कार्यालय रामेछापमा कार्यालय सहयोगी पदमा कार्यरत रहेका उनका पति रामबाबु खत्री जीवित हुँदाहुँदै निर्मलाले श्रीमानको मृत्यु भएको भन्दै वडा कार्यालयबाट एकल महिला भत्ता बुझ्दै आएकी थिइन् । निर्मलाले गत वर्षको माघ महिनासम्म गरी कुल १५ महिनाको मासिक २ हजार ६६० रुपैयाँका दरले ३९ हजार ९ रुपैयाँ भत्ता बुझेकी थिइन् ।
निर्मलाको नाममा २०७८ साल भदौ २१ गते एकल महिला परिचयपत्र बनेको पाइएको थियो । तर एकल महिलाको भत्ता बुझ्न निर्मला सिन्दूर पोतेसहित बैंकमा पुगेपछि बैंकका कर्मचारीलाई शंका लागेर सोधपुछ गर्दा निर्मलाको श्रीमान् जीवित भएको खुलेको थियो । खत्रीलाई तत्कालीन वडा सचिव शिवकुमार महतोले २०७८ साल भदौ २१ गते सोही दिनदेखि लागू हुने गरी एकल महिलाको परिचयपत्र समेत बनाइदिएका थिए ।
श्रीमान् जीवित हुँदाहुँदै मृत्यु भएको भनी कागजात बनाई भत्ता लिएको पाइएपछि अख्तियारमा परेको उजुरीका आधारमा एकल महिलाको परिचयपत्र बनाइ भत्ता दिने शिवकुमार महतो र भत्ता लिने निर्मला खत्रीविरुद्ध अख्तियारले गत मंसिर ८ गते महतो र खत्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । सोही मुद्दामा मंगलबार फैसला सुनाउँदै जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव बेचबिखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य
-
१२ बजे १२ समाचार: सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वानदेखि मन्त्रीहरूको कामभन्दा स्टन्ट बढीसम्म
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण