शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसवादमाथि संकटको बादल लाग्यो, जागरण अभियान आवश्यक : वरिष्ठ नेता महतो

मङ्गलबार, ०१ फागुन २०८०, १८ : २१
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसवादमाथि संकटको बादल लागेको बताएका छन् ।  

मंगलबार जनकपुरधाममा आफू निकट नेता, कार्यकर्ताहरुसँग छलफल कार्यक्रम गर्दै वरिष्ठ नेता महतोले मधेसवादमाथि संकटको बादल लागेको बताएका हुन् । उनले मधेसवादमाथि संकट लागेको अवस्थामा जागरण अभियानको आवश्यकता रहेको बताए । उनले मधेसले पाएको अधिकार खोस्ने तयारी भइरहेको भन्दै त्यसको प्रतिकारका लागि उत्पीडनमा परेका सबै जागरण अभियानमा लाग्नुपर्ने बताए । 

वरिष्ठ नेता महतोले जागरण अभियान नचलाएमा आगामी निर्वाचनमा मधेसवादको नाममा कसैले नपत्याउने बताए । उनले आगामी निर्वाचनमा मधेसवादी दलहरुले जित्ने सम्भावना नरहेको भन्दै अहिलेदेखि नै जनतालाई जागृत गराउनुपर्ने बताए । उनले मधेसवादको रक्षाका लागि नयाँ शक्ति निर्माणको आवश्यकता रहेको बताए ।

वरिष्ठ नेता महतोले मधेस प्रदेश सरकार कांग्रेस र कम्युनिस्टहरुले जस्तै गरी चलाउँदा मधेस केन्द्रित दलहरुप्रति वितृष्णा जागृत भएको बताए । उनले मधेस सरकार भ्रष्टाचारमा लिप्त भएको कारण पनि जनतामा निराशा छाएको बताए । महतोले मधेसी जनताले पाएको पहिचान तथा अधिकार रक्षाका लागि पुनः एकजुट हुनुपर्नेमा जोड दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप