आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

रेखा थापा लक्षित नवलको कटाक्ष : हामीले यही देशमा बस्नु र सन्तान जन्माउनुपर्छ

मङ्गलबार, ०१ फागुन २०८०, १८ : ३९
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । अभिनेत्री रेखा थापा अहिले अमेरिकामा छिन् । पहिलो सन्तानको जन्मदिन उनी केही अगाडि अमेरिका पुगेकी हुन् । सन्तान जन्मदिन उनी अमेरिका गएको विषयमा विभिन्न नेतादेखि सहकर्मीसम्मले व्यङ्ग्य गरिरहेका छन् ।

मंगलबार आयोजित एक कार्यक्रममा फिल्म ‘काँडेतार’का निर्माता, निर्देशक तथा लेखक नवल खड्काले पनि उनी सन्तान जन्माउन अमेरिका गएका विषयमा घुमाउरो तवरबाट प्रहार गरे । आफ्नो फिल्म ‘काँडेतार’सँग रेखाले फिल्म ‘उपहार’ भिड्न ल्याएको भन्दै उनले रेखामाथि आक्रोश पोखेका हुन् ।

‘देशलाई माया नगर्नेहरु, देशलाई डेरा बनाउन चाहनेहरु नै फिल्म जुधाउन आएका छन् । उहाँहरू कहाँ बस्नुहुन्छ, के गर्नुहुन्छ पत्ता लगाउनुहोस् । उनीहरू कोबाट संचालित छन् ?’, उनले भने ‘हामी यही देशमा बस्न पर्छ, सन्तान यही जन्माउनपर्छ र यो देशलाई सुनौलो भविष्य सुम्पन पर्छ भन्ने मान्छे हौँ । हामी पलायन हुने वा कुनै अमुक देशमा गएर बच्चा जन्माउने र नागरिकता लिनेमा पर्दैनौँ ।’ नवलले रेखाको नाम नलिई उनीमाथि आक्रोश पोखेका हुन् ।

‘मैले एक वर्ष अगाडि नै सेन्सर गरेर प्रदर्शन मिति तोकेको हो । मसँग सेन्सर नै पास नभएका फिल्महरू जुध्न आएका छन् । भनेपछि, उहाँहरू कहाँबाट संचालित हुनुहुन्छ’, खड्काले अगाडि थपे ‘उहाँहरूको चाहना र यो देशप्रतिको दायित्व कत्तिको बोध गर्नु भएको छ ? राज आऊ देश बचाउ भन्नेहरूसँग म कुनै पनि बहस गर्न चाहन्नँ ।’ खड्काले आफ्नो फिल्मसँग जुध्नेहरू अरूबाट नै संचालित भएको आरोप समेत लगाए ।

नवलको फिल्म ‘काँडेतार’ र रेखाको फिल्म ‘उपहार’को प्रदर्शन मिति फागुन २५ एकै दिन परेको छ । यो मितिमा आफ्नो फिल्म एकल प्रदर्शनका लागि धेरै फिल्म मिलाएको बताएका खड्काले अन्ततमा ‘उपहार’ फिल्म जुधाउन ल्याएको भन्दै रेखा लक्षित आगो ओकलेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप