श्रीलङ्काले शिक्षा प्रणालीमा एआई पाठ्यक्रम लागु गर्ने
कोलम्बो । श्रीलङ्काको मन्त्रिपरिषद्ले शिक्षा प्रणालीमा कृत्रिम बौद्धिकता (एआई) का धेरै पाठ्यक्रम लागु गर्ने प्रस्तावलाई स्वीकृति दिएको सरकारको सूचना विभागले मङ्गलबार जनाएको छ ।
उक्त प्रस्ताव कृत्रिम बौद्धिकतासँग सम्बन्धित राष्ट्रिय रणनीति तथा योजनाको निर्माणका लागि नियुक्त कार्यदलको सिफारिसमा गरिएको विभागले जनाएको छ । विभागका अनुसार परियोजनालाई माइक्रोसफ्ट इन्स्टिच्युटको सहयोगमा कार्यान्वयन गरिने छ ।
परियोजनाको एक हिस्साका रूपमा मन्त्रिपरिषद्ले श्रीलङ्का नेसनल इन्स्टिच्युट अफ एजुकेसनको सिफारिसका आधारमा माइक्रोसफ्ट इन्स्टिच्युटले हाल लागु गरेको अन्तर्राष्ट्रिय पाठ्यक्रमलाई संशोधन गर्न आवश्यक आधारभूत मानव संसाधन उपलब्ध भएका विद्यालयहरूमा कक्षा ८ देखि प्रस्तावित पाइलट परियोजना सुरु गर्न स्वीकृति दिएको विभागले बताएको छ ।
मन्त्रिपरिषद्ले माइक्रोसफ्ट इन्स्टिच्युटले दिने सुविधाअन्तर्गत पाइलट परियोजनाका लागि छनोट गरिएका विद्यालयको डिजिटलीकरण तथा एक सय जना सूचना एवं सञ्चार प्रविधि विषयका शिक्षकहरूलाई प्रशिक्षण दिने प्रस्तावलाई पनि स्वीकृति दिएको छ । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण