डियाजको निर्णायक गोलमा रियल विजयी
बुधबार, ०२ फागुन २०८०, ०६ : ०४

काठमाडौँ । ब्राहिम डियाजको उत्कृष्ट गोलको मद्दतले रियल मड्रिडले च्याम्पियन्स लिगको अन्तिम–१६ को पहिलो लेगमा जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा रियलले जर्मन क्लब आरबी लेइपजीगलाई १–० गोलले हराएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमा नै डियाजले गोल गरेका थिए । जुड बेलिङह्याम घाइते भएपछि स्पेनिस खेलाडी सुरुवाती ११ मा समावेश भएका थिए ।
जीतसँगै रियलले पछिल्ला १४ सिजनमा १२ औँ पटक प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेग रियलको घरेलु मैदान सान्टियागो बेनेबाउमा ६ मार्चमा खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदमा बोल्न नपाएपछि प्रधानमन्त्रीको प्रतिप्रश्न– मज्जा लाग्यो ?
-
रास्वपाको विरोधपछि प्रधानमन्त्रीको प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित (तस्बिरहरू)
-
केन्द्रमा बढ्यो खेलकुदको बजेट, प्रदेशमा कस्तो छ ?
-
बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका प्रतिवादी पक्राउ
-
भारत र इङ्ल्यान्डबिचको टेस्ट सिरिज आजबाट
-
कर्णालीले ७९ स्थानीय तहलाई दियो ४ अर्ब ५९ करोड, कुन पालिकालाई कति ?