डियाजको निर्णायक गोलमा रियल विजयी
बुधबार, ०२ फागुन २०८०, ०६ : ०४
काठमाडौँ । ब्राहिम डियाजको उत्कृष्ट गोलको मद्दतले रियल मड्रिडले च्याम्पियन्स लिगको अन्तिम–१६ को पहिलो लेगमा जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा रियलले जर्मन क्लब आरबी लेइपजीगलाई १–० गोलले हराएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमा नै डियाजले गोल गरेका थिए । जुड बेलिङह्याम घाइते भएपछि स्पेनिस खेलाडी सुरुवाती ११ मा समावेश भएका थिए ।
जीतसँगै रियलले पछिल्ला १४ सिजनमा १२ औँ पटक प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेग रियलको घरेलु मैदान सान्टियागो बेनेबाउमा ६ मार्चमा खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण