नेपालले क्वार्टरफाइनलमा कुवेतलाई हराउन ७४ रन बनाउनुपर्ने
काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको कुवेतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले जितका लागि ७४ रन बनाउनुपर्ने भएको छ । टस जिती पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७३ रन बनाएको हो ।
कुवेतले पालीको राम्रो सुरुआत गरेको थियो । तर, नेपाली बलर सीता रानामगरले ह्याट्रिक विकेट लिएपछि कुवेता धरासायी बन्न पुगेको थियो । सीताले १२.२ ओभरमा प्रियादा मुरालीको विकेट लिइन् । कुवेतकी ओपनर प्रियादा मुरालीलाई सीताले २९ रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेकी थिइन् । त्यतिबेला कुवेतले ५४ रन बनाएका थियो ।
त्यसपछि सीताल १२.३ ओभरमा कुवेतकी ब्याटर मारयम ओमरलाई पेभेलियन फर्काइन् । सीताले मारयम ओमरलाई खाता खोल्नुअघि नै काजल श्रेष्ठद्वारा स्टम्पिङ गराएकी थिइन् । त्यसलगत्तै सीताले १२.४ ओभरमा कुवेतकी कप्तान अमना सरिफ तारिकको विकेट लिइन् । सीताले अमना सरिफ तारिकलाई पनि खाता खोल्नुअघि नै एलबीडब्लूको धरापमा पारेकी थिइन् ।
सीताले चार ओभरमा केवल ११ रन खर्चिएकी थिइन् । अन्तराष्ट्रिय टी–२० क्रिकेटमा ३१ वर्षीया सीताले लिएको विकेट सँख्या ४८ पुगेको छ । उनले यही प्रतियोगितामा विकेट संख्या ५० पु¥याउने बलियो सम्भावना छ । नेपालका लागि कुविता कुँवर र रुविना क्षेत्रीले पनि दुई–दुई विकेट लिए । कविताले चार ओभरमा नौ र रुविनाले चार ओभरमा १० रन खर्चिए ।
कुवेतका दुई ब्याटर भने रन आउट भएका थिए । कुवेतका लागि ओपनर प्रियादा मुरालीले सर्वाधिक २९ रन बनाइन् । उनले ३३ बलमा एक छक्का र तीन चौका प्रहार गरिन् । सान्थी बालासुब्रमन्यम र खादिजा खलिलले १३–१३ रन जोडे । कुवेतका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । कुवेतले अतिरिक्त रुपमा चार रन पाएको थियो ।
नेपाली टोली प्रारम्भिक चरणमा तीनवटै खेल जित्दै समूह ‘डी’ को विजेताका रुपमा क्वार्टरफाइनलमा पुगेको हो । नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई पनि आठ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्समाथि दुई सय १४ रनको कीर्तिमानी जित हासिल गरेको थियो । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो ।
यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् । फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिताको सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल फेब्रुअरी १८ तारिखमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण