नारायणहिटी मन्दिरमा फिल्म ‘मेयर’ मुर्हूत
काठमाडौँ । दीपेन्द्र के.खनालको निर्देशन रहने फिल्म ‘मेयर’ को शुभ–मुर्हूत गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर नारायणहिटी मन्दिरमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको शुभ–मुर्हूत गरिएको हो ।
क्यामर तथा स्क्रिप्त पूजा समेत गरिएको मुहूर्तमा कलाकार खगेन्द्र लामिछाने, वर्षा राउत, अनुप बराल, रमेश बुढाथोकी लगायत थुप्रै कलाकारको सहभागिता थियो । केही राम्रो काम गरेरै छोड्छु भन्ने दृढ सपना भएको मान्छेले कठिन परिस्थिति, घात प्रतिघातका बिचमा पनि सङ्घर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिक रूपमा कसरी राम्रो बाटोमा डोर्याउन सक्छ भन्ने विषयमा फिल्मको कथा केन्द्रित रहेर फिल्म बन्न लागेको हो ।

फिल्मको कथा सर्लाही जिल्ला, बागमती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन सङ्घर्षलाई आधार मानेर तयार पारिएको निर्माण युनिटले कार्यक्रममा जानकारी गरायो । फिल्मको कार्यकारी निर्माता पनि निर्देशन दीपेन्द्र के. खनाल नै हुन् । शर्मिला पाण्डे र श्रृष्टिमाँ खनाल निर्माता रहेको फिल्ममा पटकथा महेश दवाडीले लेखेका छन् । कृष्णबहादुर थापाको छायाङ्कन रहने फिल्ममा जयन जे वाइबा र कल्याण सिंहको सङ्गीत रहनेछ ।
फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सन्जोग रसाइली, अशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायत अन्य कलाकारको अभिनय रहनेछ । फिल्मबाट श्रृष्टिमाँ खनाल र अर्विशा थापा कलाकारको रूपमा डेब्यु गर्दैछन् ।
सर्लाहीका विभिन्न स्थानमा खिचिने फिल्म फागुनको १५ गतेबाट छायाङ्कन सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण