कोहलपुर मेयरले बागमतीलाई हराएपछि सुदूरपश्चिम फाइनलमा
काठमाडौँ । नेपालगञ्जको कोहलपुरमा जारी सुशिल कोइराला मेमोरियल यू–१९ गल्र्स क्रिकेट प्रतियोगिताको उपाधिका लागि कोहलपुर मेयर–११ र सुदूरपश्चिम प्रदेशबिच भिडन्त हुने भएको छ । फाइनल खेल बिहीबार खेलिने छ ।
लिग चरणको अन्तिम खेलमा बुधबार कोहलपुर मेयर–११ ले बागमती प्रदेशलाई ४६ रनले हराएपछि सुदूरपश्चिम प्रदेश फाइनलमा पुगेको हो । लिग चरणको अन्तिम खेलमा विजयी भएको भए बागमती प्रदेश फाइनलमा पुग्ने थियो ।
त्यसअघि बुधबार नै भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई सात विकेटले हराएको थियो । लि चरणको समाप्तिपछि चार खेलबाट आठ अंक जोड्दै कोहलपुर मेयर–११ पहिलो स्थानमा रह्यो ।
चार खेलबाट चार अंक जोडेको सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा रह्यो । गण्डकी प्रदेश र बागमती प्रदेशको समेत चार–चार अंक भए पनि नेट रन रेटमा सुदूरपश्चिम प्रदेश अगाडि बढेको हो ।
लिग चरणको अन्तिम खेलमा टस जिती पहिले ब्याटिङ गरेको कोहलपुर मेयर–११ ले निर्धारित ओभरमा एक विकेट गुमाएर एक सय ३२ रन बनाएको थियो । कोहलपुर मेयर–११ का लागि कप्तानसमेत रहेकी ओपनर साना प्रविनले अविजित ४८ रनको योगदान गरिन् ।
सानाले ६० बलको सामना गरी पाँच चौका पनि हिर्काइन् । उनी प्लेयर अफ दी म्याच पनि घोषित भइन् । तेस्रो नम्बरकी ब्याटर एलिसा यादबले पनि अविजित ४७ रन बनाइन् । उनले ४६ बलको सामना गरी ६ चौका हिर्काएकी थिइन् । ओपनर किरण कुँवर भने १५ रनमा आउट भएकी थिइन् । बागमतीकी बलर मनिषा उपाध्यायले एक विकेट लिइन् ।
जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर ८६ रनमात्र बनाउन सक्यो । बागमती प्रदेशका लागि ओपनर बिपिसा शाहीले २१, एलिसा खड्काले १८ र करिष्मा गुरुङले १६ रन बनाए ।
बागमती प्रदेशका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमती प्रदेशले अतिरिक्त रुपमा पनि १५ रन पाएको थियो । कोहलपुर मेयर–११ का बलर प्रतिमा शाहले दुई तथा भवानी कामती, आरती महतो, दीक्षा पुरी र रिया शर्माले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण