माओवादीको केन्द्रीय समिति संख्यामा फरक–फरक सुझाव
काठमाडौँ । माओवादी केन्द्रको केन्द्रीय समिति संख्यामा फरक–फरक सुझाव आएको छ । राजधानीको प्रज्ञा भवनमा जारी विधान अधिवेशनमा बुधबार १३ समूहले समूहगत सुझाव पेस गरेका हुन् ।
जसमा केहीले प्रस्तावित मस्यौदामा भएको १५१ सदस्य बनाउन उपयुक्त हुने धारणा राखेका छिन् । केहीले १९९ सदस्य, केहीले २७५ सदस्य, केहीले दुई अंकको ९९ सदस्य बनाउनुपर्ने सुझाव आएको स्थायी समिति सदस्य कमला रोकाले जानकारी दिए । समूह १५ का टोली नेता हिमाल शर्माले केन्द्रीय समिति १९९ बनाउन बलियो मत रहेको रिपोर्ट पेस गरेका छन् । विकल्पमा १५१ वा २७५ बनाउन पनि सकिने मत रहेको उनले बताए ।
समूह ९ मा केन्द्रीय समिति प्रस्तावित १५१ ठीकै रहेको मत आएको छ । विकल्पमा ९९, १९९ र २५१ सुझाव आएको छ । यो समूहमा रञ्चित तामाङले समूहगत रिपोर्ट पेस गरेका छन् । यस्तै समूह १ बाट सरल सहयात्रीले रिपोर्ट पेस गरेका छन् । जसमा केन्द्रीय समिति संख्या ९९, १५१ र १९९ बनाउन सकिने धारणा राखेका छन् । यद्यपि केन्द्रीय समिति सानो चुस्त बनाउन सबै समूहबाट सुझाव आएको रोकाले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण