सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीको केन्द्रीय समिति संख्यामा फरक–फरक सुझाव

बुधबार, ०२ फागुन २०८०, १९ : १३
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । माओवादी केन्द्रको केन्द्रीय समिति संख्यामा फरक–फरक सुझाव आएको छ ।  राजधानीको प्रज्ञा भवनमा जारी विधान अधिवेशनमा बुधबार १३ समूहले समूहगत सुझाव पेस गरेका हुन् । 

जसमा केहीले प्रस्तावित मस्यौदामा भएको १५१ सदस्य बनाउन उपयुक्त हुने धारणा राखेका छिन् । केहीले १९९ सदस्य, केहीले २७५ सदस्य, केहीले दुई अंकको ९९ सदस्य बनाउनुपर्ने सुझाव आएको स्थायी समिति सदस्य कमला रोकाले जानकारी दिए । समूह १५ का टोली नेता हिमाल शर्माले केन्द्रीय समिति १९९ बनाउन बलियो मत रहेको रिपोर्ट पेस गरेका छन् । विकल्पमा १५१ वा २७५ बनाउन पनि सकिने मत रहेको उनले बताए ।

समूह ९ मा केन्द्रीय समिति प्रस्तावित १५१ ठीकै रहेको मत आएको छ । विकल्पमा ९९, १९९ र २५१ सुझाव आएको छ । यो समूहमा रञ्चित तामाङले समूहगत रिपोर्ट पेस गरेका छन् । यस्तै समूह १ बाट सरल सहयात्रीले रिपोर्ट पेस गरेका छन् । जसमा केन्द्रीय समिति संख्या ९९, १५१ र १९९ बनाउन सकिने धारणा राखेका छन् । यद्यपि केन्द्रीय समिति सानो चुस्त बनाउन सबै समूहबाट सुझाव आएको रोकाले जानकारी दिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप