मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

विधान अधिवेशनमा महेन्द्र शाहीको १४ बुँदे सुझाव

बुधबार, ०२ फागुन २०८०, २० : ३८
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै तहका समिति र पदाधिकारी महाधिवेशन प्रतिनिधिबाट प्रत्यक्ष चुनिनुपर्ने सुझाव दिएका छन् । विधान अधिवेशनमा आफ्नो समूहगत सुझाव दिँदै उनले सबै तहमा प्रत्यक्ष निर्वाचित र पदाधिकारी दुई कार्यकाल राख्नुपर्ने सुझाव दिएका हुन् ।

यस्ता छन् उनको सुझाव:

१. सबै तहका कमिटी र पदाधिकारीहरु महाधिवेशन एवं सम्मेलनहरुबाट प्रत्यक्ष निर्वाचित हुनुपर्छ  । पदाधिकारी २ कार्यकाल राखौँ।

२. ५० प्रतिशत युवा पुस्तालाई स्थान दिनु पर्छ जेनेरेसन पुस्तान्तरण को व्यवस्था राख्ने

३. जनवादमा उभिएको बलियो केन्द्रीकृत आवश्यक छ ।

४. अधिकार सम्पन्न संघ ,प्रदेश र स्थानीय तहमा निर्वाचित हुने उम्मेदवार छनौट गर्ने । सरकार बनाउने , सरकार लाई निर्देशन गर्ने, मातहतका समिति  संचालन गर्ने, उत्पादनको योजना बनाई कार्यान्वयन गर्ने ।

५.समिति साना चुस्त बनाउने , केन्द्रीय समिति ९९ जनाको बनाउने,  प्रदेश ५१ जिल्ला र स्थानीय पालिका समिति २५ जनाको बनाउनु पर्ने ।

६.कार्यकर्ता नेता मुल्यांकनको विषय कामका आधारहरु पार्टी सदस्य विस्तार , संगठन निर्माण , अन्तर्विरोधको हल, चुनावको परिणामको आधारमा हुनुपर्ने ।  

७. पार्टी सदस्य दिँदा परीक्षणकाल ३ महिना , त्यस पछि प्रतिनिधि , पदाधिकारीको उम्मेदवार हुने अधिकार सुनिश्चित गर्ने व्यवस्था राखौँ ।

८. अध्यक्षसहित भूगोलको इन्चार्ज २ वर्षका लागि अन्तर जिल्लाबाट बनाउने व्यवस्था राख्न आवश्यक छ ।

९.विधानमा बाधा अटकाउ फुकाउनु परे  विधान सभा कायमै राखी यही विधान सभाले संशोधन गर्नुपर्ने ।

१०.  गैर आवासीय नेपालीलाई पनि पार्टी सदस्य दिने

११. एक समितिमा पदाधिकारीरहरुको कार्यकाल २ पटक हुने

१२.प्रदेश समिति सदस्य स्थायी समिति सदस्य सरह बैठकमा बस्न पाउने व्यवस्था हुन आवश्यक छ ।

१३ विभिन्न विषयको अध्ययन र अनुसन्धान गर्नका लागि अनुसन्धान समिति केन्द्र र प्रदेशमा बनाउने ।

१४.सबै तहका पदाधिकारीहरु र जनप्रतिनिधिहरु पूर्णकालीन हुने बाँकी नेता कार्यकर्ता आवश्यकताको आधारमा पार्टी काममा लगाउने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप