बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय भलिबल  प्रतियोगिता : फाइनलमा त्रिभुवन आर्मी र गण्डकी प्रदेश भिड्ने

बुधबार, ०२ फागुन २०८०, २१ : ३५
बुधबार, ०२ फागुन २०८०

बुटवल ।  गण्डकी प्रदेश जिल्ला भलिबल सङ्घको टोली र त्रिभुवन आर्मी रुपन्देहीको तिलोत्तमा जारी नवौँ मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबलको उपाधिका लागि भिड्ने भएका छन् ।  

बुधवार भएको सेमिफाइनलको पहिलो खेलमा विभागीय टोली नेपाल प्रहरीलाई ३–२ ले हराउँदै गण्डकी प्रदेश जिल्ला भलिबल सङ्घको टोलीले फाइनल यात्रा तय गरेको हो ।  दोस्रो खेलमा सशस्त्र प्रहरी बल भलिबल क्लबलाई सोझो सेटले हराउँदै त्रिभुवन आर्मी क्लबले फाइनल यात्रा तय गरेको हो । 

पहिलो सेट २५–२१ र दोस्रो  २५ –१७ बनाएर दुई सेट आफ्नो पोल्टामा पारेको गण्डकीले तेस्रो सेट र चौथो सेट भने नेपाल पुलिस क्लबले  २५–१९ ,२५–२०, बनाएर  बराबरीमा  पुगेको थियो ।  गण्डकीले नेपाल पुलिसलाई  १० मा रोक्दै १५ बनाएर फाइनल यात्रा तय गरेको  हो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै गण्डकीका खेलाडी जीवन सुनार खेलको म्यान अफ द म्याच हुन सफल भएका छन् ।  उनी नगदसहित सम्मानित भएका छन् ।

दोस्रो खेल त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबिच भएको खेलमा सोझो सेटमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिभुवन आर्मी क्लबले एपीएफलाई २५–२२ ,२५–२०, २५–२३, मा रोक्दै आर्मीले फाइनल यात्रा तय गरेको हो । खेलमा म्यान आफ द म्याच भएको  त्रिभुवन आर्मी क्लबका खेलाडी मानबहादुर श्रेष्ठलाई नगदसहित सम्मान गरिएको  थियो ।

उपाधिका लागि त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशका बिचमा बिहीबार प्रतिस्पर्धा हुनेछ ।  प्रतियोगिताको तेस्रो स्थानका लगि नेपाल प्रहरी  र एपीएफ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा विजेता समूहले नगद २ लाख १ रुपैयाँसहित कप मेडल प्रमाणपत्र पाउने छन् । द्धितियले  १ लाख ५० हजार १ रुपैयाँ नगदसहित कप मेडल प्रमाणपत्र हात पार्नेछन् । 

तृतीय स्थान प्राप्त गर्ने समूहले नगद १ लाख १ रुपैयाँ नगदसहित कप, मेडल प्रमाणपत्र पाउने छन् ।  सान्त्वना स्थान प्राप्तले नगद ५० हजार १ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र पाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप