सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ललिता निवासको फैसला आज सुनाउने तयारी

बिहीबार, ०३ फागुन २०८०, ०७ : २२
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा आज फैसला सुनाउने तयारी गरेको छ ।
       
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला तयार भएकोले आज सुनाउने तयारी भएको हो ।
       
विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा एक महिनादेखिको निरन्तर सुनुवाइपछि मङ्गलबार सकिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप