टेलिश्रृङ्खला मात्र प्रसारण गर्न ल्याइयो प्रिज्मा टेलिभिजन
काठमाडाैँ । टेलिश्रृङ्खला मात्रै प्रसारण गर्ने उद्देश्यले नयाँ टेलिभिजन प्रिज्मा टेलिभिजन आएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबिच टेलिभिजनको औपचारिक जानकारी दिइयो ।
कार्यक्रममा अभिनेता तथा निर्देशक नीर शाहले प्रिज्मा टेलिभिजन विश्वभर छरिएर रहेका नेपाली भाषीलाई एक सूत्रमा बाँध्ने बताए । उनले प्रिज्मा टेलिभिजन भिन्न सोचका साथ आएकोले सबैको साथ र सहयोग मिल्ने अपेक्षा गरे । ‘फिल्म क्षेत्रलाई सङ्कुचित क्षेत्रभित्र राख्दै आइएको थियो ’ शाहले भने ‘टेलिश्रृङ्खलालाई सङ्कुचित घेराभित्र राख्न हुँदैन ।’
कार्यक्रममा प्रिज्मा टेलिभिजनका सञ्चालक तथा कलाकार पनाह अधिकारीले सिरिज मात्रै प्रसारण हुने यो टेलिभिजन विधागत रूपमा मुलुककै पहिलो च्यानल हुने बताइन् । विभिन्न भाषाका विदेशी धारावाहिकलाई पनि नेपाली डबिङ गरेर प्रसारण गर्ने च्यानलको उद्देश्य रहेको उनले सुनाइन् ।
टेलिभिजनमार्फत विश्व बजारमा सांस्कृतिक आदानप्रदानको अभियानलाई बलियो बनाउने र राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यको रूपमा सिरिजको माध्यम अपनाइने प्रिज्माको प्रमुख उद्देश्य रहेको कार्यकारी निर्देशन निर्जल श्रेष्ठले बताए । प्रसारण गरिने मनोरञ्जनात्मक सामाग्रीले प्रिज्माको परिचयको दायरा फराकिलो बनाउने विश्वास उनको विश्वास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको पसिना सस्तो, उपभोक्ता भान्छा महँगो
-
चार ‘एमिकस क्युरी’ सिफारिस
-
पेट्राेलियम पदार्थकाे मूल्य स्थिर
-
इङ्ग्ल्यान्डले भगवानको हात देखिसकेको छ, अब भगवानको देब्रे खुट्टा पनि देख्नेछः इब्राहिमोभिच
-
युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
-
निःशुल्क स्वास्थ्य पोर्टल : ९० दिनमै २ हजार भन्दा बढीले पाए सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण