नामिबियाविरुद्ध संकटमा नेपालको ब्याटिङ, ४४ रन बनाउँदै बाहिरिए सार्की
बिहीबार, ०३ फागुन २०८०, ११ : ३६

काठमाडौं । नामिबियाविरुद्धको खेलमा नेपालको ब्याटिङलाइन संकटमा परेको छ । ‘आईसीसी मेन्स वर्ल्ड कप लिग टु’अन्तरगतको पहिलो खेलमा नेपाल नामिबियाविरुद्ध खेल्दै छ । ८ टोली सम्मिलित यो प्रतियोगिताको पहिलो खेलमा नै नेपालको ब्याटिङलाईन धरमरमा परेको हो ।
टस जितेर पहिलो फिल्डिङ रोजेको नामिबियाविरुद्ध नेपालका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । अन्य ब्याट्सम्यानको तुलनामा राम्रो प्रदर्शन गरेका सार्की पनि ४४ रन बनाउँदै बाहिरिएपछि भने नेपाल पुरै संकटमा परेको हो । यसक्रममा सार्कीले ८६ बन खेलेका थिए ।
सार्की बाहिरिएसँगै २८ ओभरको खेलमा नेपालले ७ विकेट गुमाउँदै ९४ रन जोडेको छ । सार्कीको ठाउँमा पवन सराफ आएका छन् भने गुल्सान झा २२ बलमा १४ रन बनाउँदै खेलिरहेका छन् ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
अझै सकिएन धरहराको पूर्ण निर्माण, अवशेषलाई झनै बेवास्ता !
-
आईपीएल क्रिकेट : वर्षाका कारण खेल रद्द भएपछि कोलकाताको प्लेअफ सम्भावना समाप्त
-
इटालियन सिरी’ए मा एटलान्टा विजयी
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
बुण्डेस लिगाको उपाधि उचाल्दै बायर्न म्युनिखले गर्यो जिनको सुखद अन्त्य