नामिबियाविरुद्ध संकटमा नेपालको ब्याटिङ, ४४ रन बनाउँदै बाहिरिए सार्की
बिहीबार, ०३ फागुन २०८०, ११ : ३६
काठमाडौं । नामिबियाविरुद्धको खेलमा नेपालको ब्याटिङलाइन संकटमा परेको छ । ‘आईसीसी मेन्स वर्ल्ड कप लिग टु’अन्तरगतको पहिलो खेलमा नेपाल नामिबियाविरुद्ध खेल्दै छ । ८ टोली सम्मिलित यो प्रतियोगिताको पहिलो खेलमा नै नेपालको ब्याटिङलाईन धरमरमा परेको हो ।
टस जितेर पहिलो फिल्डिङ रोजेको नामिबियाविरुद्ध नेपालका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । अन्य ब्याट्सम्यानको तुलनामा राम्रो प्रदर्शन गरेका सार्की पनि ४४ रन बनाउँदै बाहिरिएपछि भने नेपाल पुरै संकटमा परेको हो । यसक्रममा सार्कीले ८६ बन खेलेका थिए ।
सार्की बाहिरिएसँगै २८ ओभरको खेलमा नेपालले ७ विकेट गुमाउँदै ९४ रन जोडेको छ । सार्कीको ठाउँमा पवन सराफ आएका छन् भने गुल्सान झा २२ बलमा १४ रन बनाउँदै खेलिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण