विधान अधिवेशन
चैत र वैशाखमा दुईवटा अभियान सञ्चालन गर्ने माओवादीको निर्णय
बिहीबार, ०३ फागुन २०८०, १६ : ५२

काठमाडौँ । नेकपा माओवादी केन्द्रले चैत र वैशाखमा दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीको विधान अधिवेशनमा संश्लेषित विधान प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले दुईवटा अभियान सञ्चालन गर्ने बताएका हुन् ।
जसअनुसार आगामी चैत १ देखि १५ गतेसम्म तराई मधेस जनजागरण अभियान चलाइने भएको छ । जसमा हुलाकी राजमार्गलाई केन्द्र बनाएर पूर्वदेखि–पश्चिमसम्मको अभियान चलाइने छ । त्यहाँबाट संठन निर्माण गर्ने पहल गर्ने भन्दै प्रचण्डले साथमा केन्द्रीय नेताहरु र सांस्कृतिक टीम समेत रहने बताए ।
त्यसैगरी हिमाल पहाड तराई राष्ट्रिय एकता अभियान पनि सञ्चालन गरिने प्रचण्डको भनाइ छ । उत्तर–दक्षिण भनिएको उक्त अभियान वैशाख १ देखि १५ सम्म सञ्चालन हुने प्रचण्डको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको युवा सङ्घ महाधिवेशन आयोजक कमिटी संयोजकमा थापा
-
‘कर्णालीका छोरीहरूको शैक्षिक सशक्तीकरणमा जोड दिन आवश्यक’
-
प्रचण्डले अनावश्यक भ्रम फैल्याउँदा राजावादीलाई फाइदा भयो: कानुनमन्त्री चौरसिया
-
टीसीएल ग्लोबल नेपालको ब्राण्ड एम्बासेडरमा नायक प्रदीप खड्का
-
आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्रका शत्रु हुन् : मन्त्री गुरुङ
-
निर्देशक खनाललाई प्रश्न–साहित्यकारका कथालाई पर्दामा ल्याउन के–कस्ता चुनौती रहेछन् ?