खेती गर्नै नपर्ने मांसुयुक्त चामल

सोल । धेरै जसो मानिसलाई मासु खान मनपर्छ । मासु स्वादिलो त हुन्छ न यसमा प्रोटिन, क्याल्शियम, आइरन र जिंक जस्ता कयौँ पौष्टिक तत्त्व पनि पाइन्छ ।
तर मासु चपाउन दाँतले अलि धेरै परिश्रम गर्नु पर्छ भने पेटलाई पनि यो पचाउन समय लाग्छ । तर वैज्ञानिकहरूले मासुकै स्वाद दिने चामल बनाएका छन् । यसलाई तपाईँहरूले बिरयानी जस्तै गरी खान सक्नु हुन्छ । छुट्टै मासु पकाउने आवश्यकता नै पर्दैन । अनि यसको स्वाद पनि शानदार छ ।
वैज्ञानिकहरुले यसलाई मांसाहारी चामल (मासुयुक्त चावल) भनेका छन् । यसको उसको खुबी सुन्दा तपाई पनि दंगदास पर्नु हुनेछ ।
दक्षिण कोरियाको योनसेई युनिवर्सिटीक वैज्ञानिकहरूले प्रयोगशालामा यो हाइब्रिड चावल तयार पारेका हुन् । यो चामलमा कयौँ खाले मासु मिसाइएको छ । यसमा माछाको स्वाद पनि छ । अनुसन्धाताहरुका अनुसार झट्ट हेर्दा यो सामान्य चामल जस्तै देखिन्छ । तर यसमा सामान्य चामलको दाँजोमा ८% भन्दा बढी प्रोटिन र ७% बढी फ्याट पाइन्छ । खास कुरा चाँहि के हो भने यो चामलको भात ११ दिनसम्म पनि बिग्रदैन । सामान्य तापक्रममा पनि यसलाई सहज रूपमा स्टोर गरेर राख्न सकिन्छ । यो चामलले मांसपेशिहरुलाई आवश्यक तत्व प्रदान गर्दछ ।
खेती गर्नै नपर्ने
यो चामलको खुबी यही हो कि यसका लागि खेती गर्नु पर्दैन । युद्ध वा आपत्काल जस्ता अवस्थाहरुमा यसलाई प्रयोग गर्न सकिन्छ । सेनाहरूलाई पनि या चामल प्रयोगका लागि दिन सकिन्छ । कुपोषणसँग लड्न यो चामल निकै फाइदाजनक साबित हुनेछ । यो प्रोटिनको विकल्प पनि बन्न सक्छ ।
वैज्ञानिकहरुका अनुसार यो चामल उत्पादनको विधि यति सजिलो छ कि यसबाट धेरै जनावर पाल्न सकिन्छ अनि खेती गर्ने आवश्यकता पनि छैन । यो चामल बजारमा आएपछि आम उपभोक्ताले प्रयोग गर्छन् कि गर्दैनन् भन्ने चाँहि हेर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताहरूको व्यवस्थापनका लागि वाईसीएलले गर्यो विधान संशोधन
-
वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि
-
'फेस अफ नेपाल २०२५' सुरू, हट्यो उचाइको मापदण्ड
-
दरबारमार्गमा स्केचर्सको पहिलो आधिकारिक स्टोरकाे उद्घाटन
-
कांग्रेसले फेरि गर्यो मधेस प्रदेश सरकार नेतृत्वमा दाबी, जनमत पार्टीले छाड्ला सरकार ?