पोखरा म्याराथनमा १४ राष्ट्रका ५० विदेशी दौडिने, तयारी पूरा
पोखरा । पोखरा म्याराथनको तयारी पूरा भएको छ । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार हुने १८ औँ संस्करणको म्याराथनमा नेपालसहित १५ राष्ट्रका धावकहरू दौडिने छन् । सबैको नाम दर्ता भैसकेको आयोजक पक्षले जनाएको छ । म्याराथनमा ५० विदेशीसहित १ सय ८ जनाले प्रतिस्पर्धा गर्नेछन् ।
महिला हाफ म्याराथनमा १७, १० किमी पुरुषमा १ सय २९, महिलामा स्पर्धामा २९ जनाको सहभागिता हुनेछ । यस्तै, छात्र पाँच किमीमा ५ सय ९०, छात्रामा ४ सय ८० जना सहभागी हुनेछन् । प्रतियोगितामा नेपालसहित बङ्गलादेश, क्यानडा, चीन, फ्रान्स, जर्मनी, हङकङ, भारत, जापान, केन्या, पोल्यान्ड, साउदी अरेबिया, ताइवान, युके र अमेरिकाका धावकहरूको सहभागिता रहनेछ ।
म्याराथनको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख तथा सान्त्वना हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष हरि पराजुलीले जानकारी दिए । प्रदेश तर्फको विजेताले ५० हजार, दोस्रोले ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । महिला हाफ म्याराथनको विजेताले १ लाख ५० हजार दोस्रोले १ लाख, तेस्रोले ७५ हजार र सान्त्वना हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
१० किमी महिला तथा पुरुषतर्फको विजेताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो २० र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पाँच किमी छात्र–छात्रा र भेट्रान विजेताले समान १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ७ हजार रुपैयाँ पाउनेछन् । यसपालि म्याराथनको रुट समेत परिवर्तन गरिएको छ । सुरक्षाका कारण रुट फेरिएको पराजुलीले बताए ।
अब पोखरा बजारमा १७ किमि र बाँकीको दौड फेवातालको सिरानतर्फ जानेछ । सबै विधाका धावकलाई चिप लगाइने छ । जसले धावकको समय निर्धारण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण