किसानको मागको समर्थनमा आज भारत बन्दको घोषणा

नयाँ दिल्ली । किसानको मागको समर्थनमा संयुक्त किसान मोर्चालगायत धेरै किसान संगठनहरूले शुक्रबार भारत बन्दको घोषणा गरेका छन्। संयुक्त किसान मोर्चाले गरेको ग्रामीण भारत बन्दको आह्वानमा यो बन्द गरिएको हो ।
संयुक्त किसान मोर्चाले किसानको मागलाई समर्थन गर्ने सबै संगठनलाई भारत बन्द गर्न अपिल गरेको छ । त्यसमा देशभरका केही श्रमिक संगठनको पनि सहभागिता रहनेछ । यस बन्दमा सहभागी हुन दिल्लीतर्फ लागेका पञ्जाबका केही किसानहरूलाई हरियाणामा अम्बाला नजिकै रोकिएको छ । उनीहरुलाई रोक्न सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका थिए ।
भारत बन्दलाई मध्यनजर गर्दै राजधानी दिल्लीलगायत धेरै राज्यमा व्यापक सुरक्षा व्यवस्था गरिएको छ । दिल्ली पुलिसका अनुसार प्रदर्शनकारीलाई दिल्ली प्रवेश गर्नबाट रोक्नको लागि पूर्ण व्यवस्था गरिएको छ। किसानको अर्को संगठन संयुक्त किसान मोर्चा (गैरराजनीतिक) ले पनि भारत बन्दमा सहभागी हुन जनतालाई अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता