बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

किरातीले आफैँ गरे मन्त्रालयको कार्यकक्षमा सरसफाइ

शुक्रबार, ०४ फागुन २०८०, १० : ३३
शुक्रबार, ०४ फागुन २०८०

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रालयको कार्यकक्षमा आफैँ सरसफाइ गरेका छन् । उनले समाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै बिहानी पख आफ्नै कार्यकक्ष शृङ्गार गरेको उल्लेख गरेका छन् । 

बागमती सरसफाइ अभियानमा प्रत्येक हप्ता फोहोर टिपेर भाइरल भएका किरातीले शुक्रबार बिहान कार्यकक्ष सरसफाइ गरिरहँदा नजिके रहेकी कर्मचारी समान सार्नमा व्यस्त थिइन् । उनले जाडोमा चाँडो कार्यालय आउँदा रिस उठ्छ कि उठ्दैन भनेर कर्मचारीलाई सोधिरहेका देखिन्छन् । 

कर्मचारीले गाह्रो लाग्दैन भनेर जवाफ दिन्छन् । किरातीले काम देशका लागि गर्नु पर्छ भनेर हौसला दिन्छन् । उनले कर्मचारीको परिवारका बारेमा पनि सोधपुछ गर्छन् । यस्तो काम गरेको कति भयो भनेर किरातीले सोधपुछ गरेको देखिन्छ । कर्मचारी भने हाँसिरहेकी देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप