सांगठनिक प्रस्तावले कांग्रेसजनमा उत्साह थपेको छ : गोविन्द पोखरेल
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द पोखरेलले केन्द्रीय समिति बैठकमा प्रस्तुत सबै प्रस्तावमा धेरै राम्रा कुरा आएको बताएका छन् । शुक्रवारको केन्द्रीय समितिको बैठकमा पोखरेलले महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावले कांग्रेसजनमा उत्साह थपेको बताए ।
‘सबै प्रस्तावमा धेरै राम्रा कुरा आएका छन् । महामन्त्री ज्युको अव नेपाली कांग्रेसका साथीहरूलाई अब आउने अब निर्वाचनमा रूखमा मात्र मत दिनुपर्ने अवस्था हुनेछ भन्ने प्रस्तावले आम कांग्रेसजनमा उत्साह थपेको छ,’ उनले भने ।
महामन्त्री थापाले ल्याएको विधान संशोधन र १५ औँ महाधिवेशनको तालिका धेरै ठिक रहेको बताए । ‘हामीले हाम्रा प्रतिबद्धताहरू पुरा गर्यो भने जनतामा कांग्रेसले सबै समयमा गर्छ भन्ने सन्देश दिन जरुरी छ। हाम्रो वडा, पालिकादेखि माथि सम्मका संरचना भद्दा भए। बैठक बस्न कोरम नै पुग्दैन। यसलाई संशोधन गर्न जरुरी छ,’ पोखरेलले भने ।
एक घर एक नेताभन्दा एक घर एक उद्यमी बनाउने कुरा सङ्गठन प्रस्तावमा आउनुपर्ने उनले बताए । पार्टीका स्थानीय सरकार र प्रदेश सरकारको काम कारबाहीको अनुगमन र सहजीकरण गर्ने योजना ल्याउनुपर्ने उनको भनाइ छ ।
आर्थिक क्षेत्रमा केही सूचांकका हिसाबले सकारात्मक देखिएको उनको भनाइ छ । कृषि क्षेत्रलाई प्रतिस्पर्धी रूपमा सुधार गर्नुपर्ने पोखरेलले बताए । ‘दूध उत्पादकको दूध बिक्री भएको छैन, कुखुरा व्यवसायी, केरा खेती गर्ने, मह उत्पादन गर्ने र तरकारी उत्पादकले बजार नपाएर लगानी उठाउने त कता हो कता ऋणको ब्याज पनि तिर्न सकेको छैन। अर्कोतिर हाम्रो आयत २४ प्रतिशत कृषि उत्पादन रहेको छ,’ उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण